मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्य कुसलतालको क्षेत्रबाट मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । मनोरञ्जनमुलक यात्रा को सम्भाबना रहेकोछ । भौतिक शुःख साधन प्राप्त हुने योग रहेकोछ । पारीवारिक सम्बन्धमा सुधार आउनेछ । भोगबिलासीताका साधनको क्षेत्रमा समय ब्यतित हुनेछ । वाणिमा मधुरता छाउनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) कार्य क्षेत्रमा लगाईएको कर्मको प्रतिफल प्राप्तीका निम्ती सामान्य प्रतिक्क्षा गर्नु पर्नेछ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । दाम्पत्य सम्बन्ध बिच सामान्य मनमुटाब रहला । बाणी तथा स्वास्थका क्षेत्रमा ध्यान दिएको बेश हूनेछ । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) खुशिको खवरको श्रवणले मन प्रशन्न रहला । स्तान्तरण को योग रहको छ । पारीवारीक सम्बन्ध सुमधुर रहनेछ । ब्यापार ब्यबसायका निम्ती समय उत्तम रहेको छ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ । शारिरीक आलस्यताका कारण कार्य सम्पादनमा सामान्य ढिलाईको योग रहकोछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) समयको सदुपयोग गर्न नसक्नाले मित्रजनहरु बिच पछि परीने योग रहेकोछ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ । खर्च नियन्त्रण गर्न गारो पर्न सक्ला । आफन्त जनहटाढिन सक्छन । मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) लगनसिलता अनुरुप फल प्राप्ती नहुनाले मनमा खिन्नता बोध हुनेछ । सहि निर्णय गर्न नसक्नाले सामान्य अप्जस सहनु पर्ला । मानसिक चन्चताले बिद्या असफल रहला । मित्र जनको सहयोग बाट मन प्रशन्न रहला । नयाँ कामको थालनि हुन सक्छ । बोलिको कारण साथि भाई टाढिन सक्छन ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) पारीवारीक शुख प्राप्त रहनेछ । मेहेनत को रामा्रे फल प्राप्त हु्नेछ । खानपानमा बिशेष ध्यान दिनुहोला । ब्यापार ब्यबसायमा रामा्रे समय रहेको छ । भोगबिलासीताका क्षेत्रमा मन जानेछ । हतासमा गरीएका निर्णयले असफल बनाउन सक्नेछ । नयाँ कामको थालनि गर्न राम्रो समय रहेको छ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) समयको सदुपयोग गर्न नसक्नाले मित्रजनहरु बिच पछि परीने योग रहेकोछ । कामको क्षेत्रमा सामान्य ढिलाई रहन सक्छ । यात्रामा सामान्य झन्जट आउन सक्छ । बल तथा पराक्रम बृद्धि हुने छ । आम्दानि क्षेत्र उत्तम रहने योग रहेको छ । मान्यजनको साथ छुट्नाले सामान्य चिन्ता सहनु पर्ला ।