काठमाडौँ- अव्यस्थित रुपमा धोबीखोलामा फोहोर फाल्नेलाई कम्पनीलाई काठमाडौँ महानगरपालिकाले पच्चीस हजार जरिवाना तिराएको छ।

फोहोर फालेको भिडियो सामाजिक सञ्जालमा आएपछि महानगरपालिकाले जरिवाना तिराएको काठमाडौँ महानगरपालिका मेयर बालेन शाहले जानकारी दिएका छन्।

साथै उनले आगामी दिनमा कसैले कुनै पनि अवाञ्छित कार्यहरु नगर्न र कसैले गरेमा त्यसप्रति सबै चनाखो रहन भन्दै त्यस्ता कार्यहरु गर्नेको सूचना महानगरसम्म पुर्याइदिन समेत अनुरोध गरेका छन् ।

सामाजिक संजाल फेसबुकमा उनले लेखेका छन् हिजो र आज सामाजिक सञ्जालमा धोबीखोलामा फोहोर फालिरहेको भिडियो र फोटोको चर्चा भइरहेको छ । सो सामग्रीको छानविन गरि उक्त कार्यमा सम्लग्न कम्पनीलाई नियम अनुसार रु. २५,००० (पच्चिस हजार रुपैयाँ) जरिवाना गरेका छौँ ।

कुनै पनि अवाञ्छित कार्यहरु कसैले पनि नगर्न र कसैले गरेमा त्यसप्रति सबै चनाखो रहन जरुरी छ । यस्ता कार्यहरु सार्वजनिक गरेर महानगरसम्म पुर्याइदिनु भएकोमा धन्यवाद छ ।
आगामी दिनहरुमा यस्ता कार्य नदोहोर्याउन र गरेको देखेमा यसरी नै सार्वजनिक ध्यानाकर्षणमा ल्याइदिन अनुरोध गर्दछौँ ।