तिलोत्तमा, २६ असार;
रुपन्देहीको तिलोत्तमा(३ स्थित तिनाउखोलामा एक युवती मृत फेला परेकी छन् । पश्चिम नवलपरासीको सुनवल(२ की अस्मिता पटवार शर्माको शव नदी किनारमा फेला परेको प्रहरीले जनाएको छ ।

वैशाख २६ गते शर्मा थरका युवकसँग मागी विवाह भई तिलोत्तमा आएकी अस्मिता आइतबार बिहान तिलोत्तमा ६, पश्चिम पहुनीस्थित तिनाउखोलामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । उनको शव पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ ।

आइतबार दिउँसो साढे १ बजेतिर उनको शव फेला परेको प्रहरीले जनाएको छ । मृतक अस्मिताका श्रीमान् कामका सिलसिलामा भारत गएका छन् । प्रहरीले घटनाबारे अनुसन्धान थालेको जनाएको छ ।

पौडी खेल्ने क्रममा बेपत्ता बालकको शव तनहुँको बैरेनीमा फेला:लमजुङको मध्यनेपाल–६, भोर्लेटारमा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक बालकको शव तनहुँको बैरेनीमा फेला परेको छ ।

भोर्लेटारस्थित मिदिम खोलामा पौडी खेल्ने क्रममा बेपत्ता रोनिश विकको शव तनहुँको ब्यास नगरपालिका बैरेनीस्थित बोटेगाउँ मादी नदि किनारमा फेला परेको हो ।

रामबजार बस्दै आएका १० वर्षिय विक शनिवार दिउँसो मिदिम खोलामा पौडी खेल्न गएका थिए । उनलाई अपरान्ह सवा ३ वजे तिर खोलाले बगाएको हो ।

पौडी खेल्न गएका दुईजना मध्ये सँगै गएका साथीले हारगुहार गरेपछि स्थानिय र प्रहरीले उनको खोजि गरेका थिए । मिदिम खोलाले बगाएर मादिएमा मिसिएका विकलाई आइतबार मात्रै फेला पारेको तनहुँ प्रहरीले जनाएको छ ।