काठमाडौं। साता कारोबारको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। आइतबार छापावाला सुनको मूल्य ९४ हजार ८ सय रुपैयाँ कायम भएको छ।

शुक्रबार प्रति तोला ९४ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २ सयले बढेर प्रति तोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसैगरी, आज तेजावी सुनको मूल्य तोलाको ९४ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ ।

यता चाँदीको मूल्य प्रति तोला १ हजार १ सय ८५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले बढेको हो। शुक्रबार चाँदी प्रति तोला १ हजार १ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।