हृदयाघा-त हुनसक्ने ठानिएका मानिसको रगतको थप एउटा जाँच गर्दा त्यस्ता मानिसहरू आगामी तीन वर्षभित्र ज्या- न जाने ख-तरामा छन् कि छैनन् भन्ने पत्ता लगाउन सघाउ पुग्ने अनुसन्धानकर्ताहरूले बताएका छन्। सी-रियाक्टिभ प्रोटिन (सीआरपी) परीक्षणले सुजन भएको पत्ता लगाउन सक्छ र त्यो परीक्षण अहिले नै विभिन्न अस्पतालमा बिरामीका अरू कुरा थाहा पाउन प्रयोग गर्ने गरिएको छ।

यो परीक्षणले कुन बिरामीलाई आक्रामक उपचार र नजिकको अनुगमन आवश्यक छ भन्ने निर्णय गर्न डाक्टरहरूलाई सहयोग गर्नेछ। यो परीक्षणले मानिसहरूको जीवन बचाउने यूकेको न्याश्नल हार्ट एन्ड लङ इन्स्टिच्युटले बताएको छ । हाल डाक्टरहरूले ट्रोपोनिन प्रोटिन परीक्षण गर्छन् । ब्रिटिश हार्ट फाउन्डेशनका अनुसार मानिसहरूको मुटुमा क्ष-ति पुग्दा ट्रोपोनिन प्रोटिन रगतमा प्रवाह हुन्छ ।
ब्रिटिश हार्ट फाउन्डेशनले नै पछिल्लो अध्ययन गर्न आवश्यक सहयोग उपलब्ध गराएको हो । अध्ययनको परिणाम पीएलओएस मेडिसिन जर्नलमा छापिएको छ । तर न्याश्नल हार्ट एन्ड लङ इन्स्टिच्यूट फर हेल्थ रिसर्च हेल्थ इन्फरमेटिक्स कोल्याबोरेटिभका वैज्ञानिकहरूले सीआरपीले थप विस्तृत तस्बिर दिने पत्ता लगाएका छन् ।

अनुसन्धानकर्ताहरूले हृदयाघा-त भएको आशङ्कामा अस्पताल भर्ना भएका दुई लाख ५० हजार जनाको तथ्याङ्क अध्ययन गरेका हुन् । अनुसन्धानकर्ताहरूले सुजनका लागि प्रयोग गरिने औषधि कोल्सिसिन उच्च सीआरपी तह भएका बिरामीलाई दिएर त्यसको परीक्षण गर्ने बताएका छन् । उक्त औषधिले धमनीहरूमा बोसो जम्दै जाने र हृदयाघा-त सम्म पुग्ने अवस्थाका लागि फाइदा गर्ने पाइएको छ ।

अनुसन्धानको नेतृत्व गरेका डा। रामजी खामिसले बीबीसी न्यूजलाई भने सीआरपी परीक्षण हृदयाघातको हुनसक्ने शङ्का लागेमा गरिने जाँच निर्देशिकामा संलग्न छैन। त्यसैले कोही बिरामीले आफूलाई हृदयाघात भएको हुन सक्ने बताए पनि जाँच गर्न लगाइन्न । `यसलाई भविष्यमा प्रयोग गर्ने गरी युरोपियन सोसाइटी अफ कार्डियोलोजिस्ट र न्याश्नल इन्स्टिच्युट फर हेल्थ एन्ड केयर एक्सलेन्स निर्देशिकामा प्रस्ताव गरिन सक्छ, जजसले त्यसको नियमित प्रयोग प्रस्ताव गर्नु अघि सबै तथ्याङ्कहरू केलाउनेछ ।´

ब्रिटिश हार्ट फाउन्डेशनका प्रोफेशर जेम्स लेइपरले उक्त परीक्षणलाई `महत्त्वपूर्ण नयाँ उपाय´ भनेका छन् । उनले भने `हरेक पाँच मिनेटमा यूकेको अस्पतालमा हृदयाघा-त भएका बिरामी भर्ना हुने गरेका छन् र यूकेमा करिब १४ लाख मानिसहरूमा एक पटक हृदयाघा-त भइसकेको अनुमान गरिन्छ । `को मानिस जोखिममा छन् भन्ने राम्ररी पत्ता लगाउन सके, यो साधारण रगत जाँचले जसलाई सुजनविरुद्ध औषधि आवश्यक छ त्यो दिन सकिन्छ ।´

हृदयाघातका केही लक्षणहरू यस्ता छन्:- १) छाती दुख्ने:- छातीमा केहीले थिचेको जस्तो, गह्रौँ, छाती कस्सिएको जस्तो हुने
२) शरीरका अरू भाग दुख्ने:- छातीबाट अरूतिर दुखाइ सर्दै जानु खासगरी पाखुराहरूमा दुखाइ खासगरी बायाँ हात प्रभावित हुन्छ, तर दुवै पाखुरा पनि प्रभावित हुन सक्छ चिउँडो घाँटी

३) पिठ्युँ र पेटमा दुखाइ ४) रिँगटा लागेको जस्तो हुने ५) पसिना आउने ६) सास फेर्न गाह्रो हुने ७) बिरामी जस्तो महसुस हुने वा बिरामी हुने ८) त-नाव धेरै बढेजस्तो हुने ९) खोकी लाग्ने वा सास घ्यार्र घ्यार्र हुने

छातीको दुखाइ धेरैजसो चर्को हुन्छ तर केही मानिसहरूमा त्यो दुखाइको मात्रा अपच भएका बेला जस्तो अलि कम महसुस हुन सक्छ, महिला र पुरुष दुवैमा हृदयाघातको सबभन्दा प्रमुख लक्षण छाती दुख्नु हो। महिलाहरूमा सास फेर्न गाह्रो हुने वा बान्ता आएजस्तो वा पिठ्युँ र चिउँडोमा दुखाइ महसुस हुन सक्छ । साभार बिबिसी नेपाली