चाँगुनारायण नगरपालिका–५ पिखेलमा बिहीबार साँझ मिनी ट्रकसँग स्कुटर ठो“क्किँदा स्कुटर चालकको मृ“त्यु भएको छ । बा ५ ख ५४२३ नम्बरको मिनी ट्रकसँग बा ६७ प ८४२२ नम्बरको स्कुटर ठो“क्किँदा स्कुटर चालक भक्तपुर नगरपालिका–१ सल्लाघारी बस्ने ३२ वर्षीय माधव बस्नेतको मृ“त्यु भएको हो ।

मिनि ट्रकलाई स्कुटरले ओभरट्याक गर्ने क्रममा अचानक मिनि ट्रकमा ठ“क्कर खान जाँदा गम्भीर घा`इते भएका बस्नेतको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृ“त्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका निमित्त सूचना अधिकारी प्रहरी निरिक्षक लोकबहादुर जिसीले बताउनुभयो ।

दुवै सवारी साधन र मिनि ट्रक चालक भक्तपुर नगरपालिका– ८ लिवाली बस्ने ४३ वर्षीय सत्यराम कर्माचार्यलाई नि`यन्त्रणमा लिई थप अ`नुसन्धान कार्य भईरहेको जिसीले बताउनुभयो ।