पल शाह झन् झन् अप्ठ्यारोमा पर्दै गएका बेला उनले बनाउन लागेको घर अलपत्र बन्यो, पल जेलबाट निस्किने टुंगो नभएपछि बनाउन लागेको ४ तलाको घर अलपत्र बनेपछि बाबु आमाको भयो रुवाबासी, पलकी बहिनीले रुँदै भनिन् दाजु हजुर नहुँदा शून्य भयो घर, प्लिज छिटो गरेर आउनुहोस् न बर्बाद भयो

गायिका समिक्षा अधिकारी पछिल्लो समयक चर्चामा छिन् । उनले, स्वर भरेका धेरै गीतहरुले बजारमा राम्रो चर्चा पाएका छन् । तर, समिक्षाको चाहना गायिकामा मात्र सिमित हुने छैन । उनले, चलचित्रको पर्दामा नायिका बन्ने इच्छा पनि व्यक्त गरेकी छिन् ।

१४ वर्षको उमेरमा चलचित्र ‘नाई नभन्नू ल ५’मा समावेश ‘बालापनको उमेर’ बोलको गीतमा स्वर दिएर गायनमा पाइला राखेकी समीक्षाले आफूलाई नायिका पनि बन्न मन लागेको अनलाइनखबरसँग बताइन् । बाल्यकालदेखि नै आफूलाई गायनसँगै अभिनयमा पनि रुची रहेको समिक्षा बताउँछिन् ।
कुराकानीमा उनले भनिन्–‘मलाई चलचित्रमा नायिका भएर अभिनय गर्ने ठूलो इच्छा छ । तर, तत्काल भने होइन ।’ उनले ४–५ वर्षपछि चलचित्रमा अभिनय गर्ने सोच रहेको बताइन् । हाल कक्षा १० मा अध्ययन गरिरहेकी समीक्षाले भनिन्–‘अहिले त गायनलाई नै प्राथमिकता दिइरहेकी छु ।

त्यसमाथि अहिले पढाइमा पनि केन्द्रित हुनुपर्नेछ । ‘प्लस टु’ वा ‘ब्याचलर’ सकेपछि नासउका बन्ने सोच हो ।’समीक्षाले ‘बालापनको उमेर’पछि गाएका ‘माया मारेर’, ‘आधि कपाल’, ‘नबोली नबोली’, ‘पछयौरी लिस्यो’ लगायतका गीत चर्चित छन् ।

नर प्रधान ‘मित्र’द्वारा लिखित पुस्तक ‘दि हिमालयन’ लोकार्पण : नर प्रधान ‘मित्र’द्वारा लिखित पुस्तक ‘दि हिमालयन’ लोकार्पण गरिएको छ । संघीय राजधानी काठमाडौंको नयाँ बानेश्वर स्थित दि एभरेष्ट होटलमा एक विशेष समारोहबीच आइतबार राष्ट्रिय गानका सर्जक व्याकुल माइलाको प्रमुख आतिथ्यतामा पुस्तक ‘दि हिमालयन’ लोकार्पण गरिएको हो ।
जंगवीर गुभाजु श्रेष्ठ प्रतिष्ठानको आयोजनामा भएको लोकार्पण समारोहमा कार्यक्रमका प्रमुख अतिथिसहित सभापति बाबुराम श्रेष्ठ ‘बर्षा’, लेखककी आमा पदममाया प्रधान, इन्ट्रा फाउण्डेशनका अध्यक्ष डिल्ली अधिकारी, बरिष्ठ साहित्यकार डा. दामोदर पुडासैनी, पद्मकन्या क्याम्पसकी उपप्राध्यापक अनुपमा रेग्मी लगायतले पुस्कको लोकार्पण गर्नुभएको थियो ।

यो पुस्तकको अंग्रेजी संस्करण अमेरिकामा यसअघि नै विमोचन भइसकेको छ भने नेपाली संस्करण आइतबार लोकार्पण गरिएको हो । पुस्तकको नेपाली अनुवाद जितेन्द्र श्रेष्ठले गर्नुभएको छ । पुस्तकका लखेक नर प्रधान भुटानी मूलका अमेरिकन नागरिक हुनुहुन्छ ।

जितेन्द्र श्रेष्ठले स्वागत मन्तव्य राख्नु भएको कार्यत्रममा इन्ट्रा नेशनल वेयलफेयर एण्ड सर्पोट फाउण्डेशन अफ अमेरिकाका अध्यक्ष डिल्लीराम अधिकारी, वरिष्ठ साहित्यकार डा. दामोदर पुडासैनी, अनुपमा रेग्मी, प्रमुख अतिथि व्याकुल माइलाले आ-आफ्ना भनाइ राख्दै पुस्तकमाथि प्रकाश पार्नुभएको थियो । उहाँहरूले पुस्तकमा आफ्नो देश, आफ्नो गाउँ समाज र सम्पूर्ण श्रीसम्पती छोडेर अन्धकार भविश्यको पछि लाग्नुको पिँडालाई स्रष्टा प्रधानले कृतिमा समावेस गर्नुभएको बताउनुभयो ।

पुस्तकमा शिविरका दुःख, दैनिकी र अमेरिकामा गरेको संघर्षलाई बढो कलात्मक ढंगबाट स्रष्टा प्रधानले पाठकमाझ पस्किएको मन्तव्यका क्रममा अतिथिहरूले राख्नुभएको थियो । उहाँहरूले स्रष्टा प्रधानलाई नेपालीमा कृति अनुवाद गरेर नेपाली पाठकमाझ ल्याएकोमा बधाई तथा शुभकामना पनि दिनुभएको थियो ।