काठमाडौँ । पेटको अल्सरलाइ बेवास्ता गरे यसले ज्यान पनि लिन सक्दछ । भनिन्छ नि, रोग लागेर पछुताउनु भन्दा अगाडिनै रोग लाग्न नदिनु राम्रो हुन्छ । त्यसैले आज हामी यहाँ पेटको अल्सरबारे चर्चा गर्ने छौ ।

पेटको अल्सर भन्नासाथ हामी झस्किन्छौं । यो पिडादायक हुनुका साथै जटिल पनि हुन्छ । त्यसैले, यो समस्या थाहा पाउनासाथ उपचार शुरु गर्न निकै जरुरी छ । अन्यथा आन्द्राको क्यान्सर हुनसक्छ ।

पेटको अल्सर भएमा पेटमा छाला पर्ने वा घाउ हुने गर्छ । यस्तो अल्सर विशेषगरी गलत खानपानका कारण हुने हो । सामान्यतया, खाना पचाउने एसिडले आमाशयको पर्खाललाई असर गरेमा अल्सर हुने गर्छ । यस्तो अल्सर पेटको भित्री भागमा, भोजन नली तथा सानो आन्द्रामा विकास हुन्छ ।

पेटमा अल्सर भएमा पिडा नाइटोबाट सुरु भई छातीसम्म दुख्छ । समयमै उपचार नगरे यसले भयानक समस्या निम्त्याउन सक्छ । र, पेट सम्बन्धि अन्य समस्याहरु पनि उब्जिन्छन् ।

अल्सरको कारण :

पेटको अल्सरलाई पेप्टिक वा ग्यास्ट्रिक अल्सरसमेत भनिन्छ । अम्लीयपना, धुमपान वा लागूऔषधको सेवन, अत्यधिक स्टेराइडको प्रयोग, आणुवंशिक कारण, खानपानको गडबडीका कारण पनि पेटमा अल्सर हुने गर्छ । त्यस्तै, हेलिकोव्याक्टर पाइलोरी नामक जीवाणुको संक्रमणका कारण पनि पेटमा अल्सर हुने गर्छ ।

धेरै मानसिक तनाव, चिन्ता, क्रोधमा रहनु, अनियन्त्रित खाना खानु । धेरै रक्सी पिउनु, खाली पेटमा दुखाई कम गर्ने दबाई खानेजस्ता बानीले आमाशय घाउ हन्छ जसलाई हामी अल्सर भनेर चिन्छौँ ।

अल्सरका लक्षण :

तल पेटको ग्यास बिस्तारै खाना नलि हुँदै माथील्लो भागमा आउँदा छाती वरीपरी पोलेजस्तो भएमा पनि सम्झनुहोस् कि तपाइँलाई अल्सर भएको हुनसक्छ ।

सावीकको खाना खाईरहँदा नै तपाईको तौल घट्दै गईरहेको छ भने पनि चुप नबस्नुहोस् ।

पेट दुखीरहनु केही खाएपछी दुख्न शुरु गर्नु अल्सरको संकेत हुनसक्छ ।

छिटोछिटो भोक लागीरहनु पनि अल्सरको कारण हुन सक्छ ।

लामो समयसम्म कालो दिशा भईरहेको छ भने यो अल्सरको कारण हुने ब्लिडिङले भएको हुनसक्छ ।

खाना खाएको १/२ घण्टा पछि या रातको समयमा पेटको माथिल्लो भाग या बिच तिर जलन जस्तो भएर दुख्छ भने त्यो अल्सरको संकेत हुनसक्छ ।

खाना खाएपछि या अरु बेला पनि बान्ता आईरहन्छ भने पनि अल्सरको लक्ष्मण हुनसक्छ ।

प्रायः जसो पेट फुलीरहन्छ भने पनि अल्सरको संकेत हुन सक्छ ।

यो रोगमा छाती वा नाभीको माथिपट्टिको भाग दुख्छ ।

खाली पेट वा खाना खाइसकेपछि पनि दुख्छ, पोल्छ, बेचैनी हुन्छ, उल्टी गर्ने इच्छा हुन्छ, उल्टी भएपछि आराम मिल्छ, रगत छाद्नु, आन्तरिक रत्तश्राव हुनुको साथै कालो रंगको दिसा आउँछ ।

अल्सरका प्रकार

अल्सर तीन प्रकारका हुन्छन् ।

पेटमा हुने ग्यास्ट्रिक अल्सर

भोजन नलीमा हुने एसोफेगस अल्सर

सानो आन्द्रामा हुने डूआडनल अल्सर

ध्यान दिनु पर्ने कुरा :

अल्सरका विरामीले मसलादार खाना, सुर्तिजन्य पदार्थ, तारेको, भुटेको खानेकुरा तथा माछामासुबाट बच्नुपर्छ । अत्याधिक मात्रामा फलफूल तथा सागसब्जीको सेवन गर्नुपर्छ । यसले अल्सर चाडै निको पार्न सहयोग गर्छ । त्यसबाहेक, फोहोर तथा दुषित खानेकुराबाट बच्नुका साथै साबुन-पानीले राम्ररी हात धोएर मात्र खाना खानुपर्छ ।

अल्सर हुनुको अर्थ आन्द्राको मुखमा घाउ हुनु हो, ग्यास्ट्रिक बढ्दै जाँदा अल्सर हुन पुग्छ ।

अहिलेको मानिसहरुमा ग्यास्ट्रिक बढ्दो छ । समयमा खाना नखानाले, खाना खाए पनि भोको पेटमा चिल्लो पदार्थ भएको खाना खाँदा त्यो चिल्लोले गर्दा ग्यास्ट्रिक बढ्दै जान्छ । यसरी आमासयको खाना नलिमा जोडिएको सानो आन्द्राको मुखमा घाउ बन्न सक्दछ । आन्द्रामा प्वाल पर्यो भने अल्सर रोग लाग्दछ । यो अलि बढि नै खतरा रोग हो । मानिसहरुले खानपानको लापारवाहीले गर्दा यो रोग हुन सक्दछ । यो पाचन प्रणालीसँग जोडिएको हुन्छ ।

के खाने अल्सर भएकाले ?

१. खाना ५-६ पटक थोरैथोरै खाने ।

२.चिसो दूध एकपटकमा एक कप गरेर पटकपटक दिनमा ७-८ पटक खाने ।

३. खानामा दूध, दाल, बिस्कुट, टास्ट, भात, मूंगको दाल, साबुदाना, जाउलो, आरारोट, मख्खन खाने ।

४.अङ्गुर, पाकेको केरा, स्याउ, गाँजर खाने ।

५. प्रोटिनयुत्त पदार्थ, अन्डा, पनिर, दाल आदि खाने ।

के नखाने अल्सर भएकाले ?

१. अत्याधिक तातो, चिसो खानाबाट टाढै बस्ने ।

२. खाना एक दुई पटकमात्र धेरै नखाने ।

३. थोरैथोरै बारम्बार खानेकुरा खाइरहने ।

४. तातो खाना छिटोछिटो नखाने ।

५. पिरो, मसालेदार, चटपटे तरकारी, अमिलो महि र छाछ धेरै नखाने ।

६. रक्सी, गाढा रंग हालेको चिया, कफि धेरै नखाने ।

७. एक पटकमा धेरै दूध नखाने ।

८. तारेको, भुटेको खाना धेरै नखाने ।

रोग निवारणमा सहायक उपाय :

अल्सर हुनु भनेको ग्यास्ट्रिकको बढ्दो रुप हो भनेर सामान्य रुपमा बुझ्न सकिन्छ । यसैले ग्यास्ट्रिक रोक्न सकियो भने अल्सरको सम्भावना पनि कम गर्न सकिन्छ । यहाँ हामी अल्सर वा ग्यास्ट्रिक रोक्नका लागि सहायक उपायहरुका बारेमा लेखेका छौँ ।

के गर्ने ?

– खाना निश्चिन्त भएर विस्तारै चपाइ-चपाइ खाने ।

– शारीरिक र मानसिक रूपमा आराम गर्ने बानी बसाउने ।

– तनाव र चिन्ता हटाउने र हाँस्ने र खुसी रहन सिक्ने ।

– घरबाहिर काम गर्दागर्दै पेट पोल्न थाल्यो भने २-४ वटा बिस्कुट खाने ।

– शारीरिक एवम् मानसिक शिथिलताको लागि शवासन गर्नै ।

के नगर्ने ?

– धेरैबेर भोकै बस्नु मौका आउँन नदिने ।

– व्रत लिन छोडिदिने ।

– मानसिक तनाव र चिन्तामा डुबेर बस्न छोडिदिने ।

– राती धेरैबेरसम्म नबस्ने ।

– दुखाई हटाउने दबाइ आफूखुसी नखाने ।

– दिउँसो सुत्ने बानी नबसाउने । भए हटाउने ।

– कालो चियाको प्रयोग बिल्कुलै नगर्ने ।

१. अल्सर रोग हो वा होइन कसरी थाहा पाउने ?

अल्सर रोग लाग्यो भने पेटको माथि पटीको भागमा दुख्छ । खाली पेट अथवा खाना खाई सकेपनि दुखिरहन्छ । उल्टी आउला कि जस्तो हुन्छ । उल्टी आयो भने आराम हुन्छ । वान्ता गर्दा रगत नै पनि आउन सक्दछ ।

२. अल्सर रोग लागेमा के खाने कुरा खान हुन्छ ?

चिसो दुध पटक पटक गरी दिनमा सात आठ कप पिउने । एकै पटक धेरै खाना नखाने,
थोरै थोरै चार पाँच पटक खाने । खानामा दुध, दाल, बिस्कुट, रोष्ट, भात, मुगको दाल, जाउलो खाने । फलफुलहरुमा जस्तै अङ्गुर, पाकेको केरा, स्याउ, गाजर खाने । प्रोटिनमा अण्डा, पनिर, दाल खान हुन्छ ।

३.अल्सर रोग लागेमा कस्तो खानेकुरा नखाने ?

अत्यधिक तातो र चिसो खानेकुरा नखाने । पिरो, मसलाको मात्रा धेरै भएको खानेकुरा नखाने, नुन चर्को, अमिलो दही र अमिलो महि नखाने । पेय पदार्थमा रक्सी, गाढा रङ हालेको चिया र कफि नखाने । तेलमा तारेको अत्यधिक चिल्लो खानेकुरा नखाने ।

४. अल्सर रोग लागेका रोगीहरुले ध्यान दिनुपर्ने कार्यहरु

धेरै बेर भोकै नबस्ने । ब्रत बस्दा बिमारी बढ्ने सम्भावना भए ब्रत नबस्ने । मानसिक चिन्ता तनाबहरु सबै छोडिदिने । राती धेरै बेरसम्म अनिदो नबस्ने । धेरै दुख्यो भनेर आफु खुसी औषधीको सेवन नगर्ने । कालो चियाको प्रयोग बिलकुलै नगर्ने । दिउँसो सुत्ने बानी भएमा पनि हटाउने ।
जो मानिसहरुलाई पेटमा अल्सर हुन्छ उनीहरुलाई पेटबाट एसिड बाहिर आउने समस्या हुन्छ। उनीहरूले अमिला खानेकुरा खान र पिउनबाट बन्द गर्नुपर्छ।

खासगरि कफी, चकलेट, पिरो र मसालेदार खाना, मदिरा, गोलभेँडा र कागती जस्ता अमिलो खानेकुरा खानु हुँदैन। त्यस्तै खाना धेरै खाने, सुत्ने र खाना खाने समयबीच कम वा धेरै अन्तर राख्नु हुँदैन।

हेलियो ब्याक्टर पायलोरी नामक ब्याक्टेरियाले हुने अधिकांश अल्सर उपचारबाट ठिक हुन्छन् तर यदि उपचारमा सावधानी अपनाइएन र राम्रोसँग उपचार गरिएन अवस्था बिग्रिँदै गएर पछि पेटको क्यान्सरसमेत हुनसक्छ।

५. अल्सर रोगको आफैले गर्न सकिने उपायहरु

शारारिक र मानसिक रुपमा आराम गर्ने बानी बसाउने । खाना खाँदा कुनै चिन्ता नलिइकन आरामसँग खाने । तनाबको अवस्थामा नबस्ने, जतिखेर पनि रिसाएको जस्तो अनुहार नदेखाउने । हाँस्न सिक्ने र हाँसेर बस्ने । काम गर्दा गर्दै पेट पोल्न थाल्यो भने दुई चार वटा बिस्कुटहरु खाने । स्वास्थ्यताको लागि आवश्यक व्यायम गर्ने । स्रोतः( हाम्रो घरको डाक्टर

घरेलु जडिबुटीबाट रोगको उपचार गर्ने विधि :

आजभोली ग्यास्टिक नहुने मान्छे बिरलै हुन्छ यहि ग्यास्ट्रिक एसिडिटी हुन्छ र अल्सर त्यसपछि क्यान्सर सम्म हुन सक्छ । पित्तलाई बढ़ाउने प्रदुषित गर्ने अन्न (धेरै चील्लो पीरो-मसला भएको, अत्यधिक मद्यपान, नयाँ चामल आदि) धेरै समय देखि निरन्तर सेवन गर्नु या धेरै सेवन गर्नाले एसिडिटी हुन्छ ।

यस बाहेक पनि धेरै कारण छन् एसिडिटी बढ्ने जस्तै : एसिडिटी भएमा चुकीलो बुलुक्क आउनु र छाती पोल्नु हुन्छ । ठीक समयमा भोजन नगर्नु ।

भोजन समय मै गरौं । अजीर्ण हुंदा पनि गरिष्ठ भोजन गर्नु ।

गरिष्ठ भोजनबाट बचौं। भोजन गरेपछि दिउंसो सुत्नु ।

दिउंसो सुत्ने कम गरौं या सुत्दै नसुतौं । भोज्य पदार्थहरुको भोजनको अतिरिक्त दिनमा अत्यधिक पटक पटक सेवन गर्दै गर्नु ।

भोजनलाई नियम निर्धारित गरौं। अधिक समय सम्म मानसिक रूपले तनावग्रस्त पनि एसिडिटी बढ़छ ।

तनावमुक्त हुने प्रयास गरौं । अधिक समयसम्म पटक पटक भवको रहनु ।अधिक समय सम्म खाली पेट रहनु ।