काठमाण्डौँ । परस्त्रीसंग कोठामा भेटिएपछि कपिलवस्तुको एक निजी विद्यालयका प्रिन्सिपललाई नियन्त्रणमा लिइएको छ । बाणगंगा नगरपालिका वडा नं ११ ओदारीमा रहेको स्काईलार्क इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपललाई परस्त्रीसंग अनधिकृत रुपमा रहेको अवस्थामा फेला पारेपछि महिलाका परिवार र गाउँलेले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका हुन् ।

मंगलबार राति ११ बजेको समयमा सदरमुकाम तौलिहवाको एक घरमा ती प्रिन्सिपल र महिला गएका थिए । त्यसपछि महिलाका परिवार र केही गाउँले आंसकाको आधारमा सो घरमा पुगे । उनीहरु पुग्दा दुवैजना एउटै कोठामा रहेको अवस्थामा फेला पारिएको एक जना प्रत्यक्षदर्शीले बताए । ’

‘महिलाका परिवारले ती प्रिन्सिपलसंग अवैध सम्बन्ध गाँसेको शंका गर्दै आएका थिए । यद्यपि कुनै प्रमाण फेला परेको थिएन । मंगलबार राति भने कोठाबाटै दुवै जनालाई समात्न सफल भयौं’, उनले भने ।

ती महिला र प्रिन्सिपल अहिले जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा छन् । दुबैबीच अनैतिक सम्बन्ध हुँदै आएको महिलाका परिवारको आरोप छ । ती महिलाका श्रीमान बैदेशिक रोजगारीको लागि खाडीमा छन् । घरमा भएको सबै सम्पत्ति श्रीमतीकै नाममा थियो ।

प्रिन्सिपलसंगको हिमचिम बढेसंगै श्रीमान र श्रीमतीको सम्बन्धमा दरारता आएको एक स्थानीयले बताए । ‘दुबै जना श्रीमान, श्रीमती बीच असाध्यै राम्रो सम्बन्ध हो । भएभरको सबै सम्पत्ति श्रीमतीको नाममा थियो । यति राम्रो सम्बन्ध अहिले विग्रिएको छ । मध्यरातमा परपुरुषसंग देख्न पर्यो । यहाँभन्दा ठूलो विडम्वना के हुन सक्छ रु ती स्थानीयले भने ।’

उनीहरुको १० बर्षीया एक छोरी छ । प्रिन्सिपलसंग पक्राउ परेकी ती महिला पूर्व सहकर्मी समेत हुन् । दुबै बीच हिमचिम बढेपछि ती महिलाले स्कूलमा पढाउन छाडेको स्कूलकै कर्मचारी बताउँछन् ।

गाउँलेले भने कानुन अनुसार कारबाहीको माग गरेका छन् । गाउँमा यस्ता क्रियाकलापले विकृति फैलने भन्दै यस्तो गलत क्रियाकलापको कानुनी कारबाही हुनुपर्नेमा गाउँलेहरुको जोड छ ।

यता पक्राउ परेकासंग सम्पर्क गर्न खोजे पनि सम्पर्क हुन् सकेन् । काम विशेषले प्रिन्सिपल कोठामा गएका र त्यो संयोग मात्र भएको पिन्सिपल पक्षकाको भनाई छ । फसाउन यस चाल चालिएको उनी निकटकाले बताए । कोठामा भए पनि नराम्रो गतिविधि भने नगरेको प्रिन्सिपलले बताए ।