‘त्यो कालकाेठरीबाट त उम्केर आएँ, अब मलाई उसले सजाय पाएको हेर्न मन छ । मलाई नोकरीको झुटो आशा देखाइ कोठीमा पुर्‍याउनेलाई अब कानुनअनुसार नेपालको कालकोठरीमा पुर्‍याउनु छ’, आँखाभरि आँसु बनाउँदै क्रोध मिश्रित स्वरमा रानी (नाम परिवर्तन) ले भनिन् ।

रानीले थपिन्, ‘हुन त म के गर्न सक्छु, न त उसको गाउँ थाहा छ, न त उसको वास्तविक नाउँ तर मसँग उसको फोन नम्बर र फोटो छ । यति भए कसो पत्ता नलाग्ला र ?’, नुवाकोट दुप्चेश्वरकी २५ वर्षीया रानी अहिले काठमाण्डौको एक संस्थामा बसेकी छन् । तीन वर्ष दिल्लीको कोठीमा बसेकी उनी गएको जेठ १४ गते कोठीबाटै भागेर नेपाल आएकी छिन् । परिवर्तनका लागि सहकार्य नेपाल नामको संस्थाको सहकार्यमा उनी दिल्लीबाट नेपाल फर्कन सफल भएकी हुन् ।

घरको कमजोर आर्थिक अवस्था, त्यसमाथि धेरै सन्तान । रानीका बुबाआमालाई छोराछोरी पाल्न नै दुःख थियो । रानी १० वर्षकी हुँदा उनका बुबाआमाले काठमाण्डौको असनमा रहेको एउटा घरमा काम गर्न राखे । त्यहाँ उनले बच्चाको हेरचाह, घरको सरसफाइमात्र गर्नु पर्थ्याे । घर मालिकले बस्न र खान राम्रै दिएका थिए ।

घरको कमजोर आर्थिक अवस्था, त्यसमाथि धेरै सन्तान । रानीका बुबाआमालाई छोराछोरी पाल्न नै दुःख थियो । रानी १० वर्षकी हुँदा उनका बुबाआमाले काठमाण्डौको असनमा रहेको एउटा घरमा काम गर्न राखे । त्यहाँ उनले बच्चाको हेरचाह, घरको सरसफाइमात्र गर्नु पर्थ्याे । घर मालिकले बस्न र खान राम्रै दिएका थिए ।

रानीले पाँच वर्ष त्यही घरमा काम गरिन् । पढ्ने/लेख्ने समय अरूको घरमा बच्चा खेलाउँदै र घर सफा गर्दै बित्यो । उनी काम गर्ने घर नजिकै होटल थियो । उनी त्यो होटलबाट कहिलेकाहीँ खाजा किनेर खान्थिन् । कहिले खाजा लिन, कहिले त्यत्तिकै फुर्सदमा होटल गइरहन्थिन् । त्यसै क्रममा रानीको भेट नुवाकोटकै केटासँग भयो ।

भेटपछि रानी र त्यो केटाको बोलचाल हुन थाल्यो । रानीसँग मोबाइल थियो । होटलमा भेट भएको केटासँग रानीको मोबाइलमा पनि कुरा हुन थाल्यो । तीन चार महिनाको फोन र भेटघाटपछि रानीले त्यो केटासँग भागी विवाह गरिन् । बिहेपछि रानी श्रीमानसँगै बस्न थालिन् ।

उनको श्रीमान् ज्याला मजदुरी काम गर्थे । बिहेपछि तीन/चार महिना उनीहरू गाउँमा बसे । पछि उनको श्रीमानले राम्रो काम पाउन सकेनन् । त्यसपछि श्रीमानले काठमाण्डौ ल्याए । दुवै जना यतै काम गरी बस्न थाले । बिहे गरेको तीन वर्षपछि रानीको छोरा जन्मियो । श्रीमानले राम्रो काम पाउन सकेनन् ।

कोठामा बस्दा पैसा नहुँदा श्रीमान् रानीसँग झ’र्केर बोल्न थाले । रानीले बच्चा जन्मेको एक वर्षपछि काम खोजिन् । उनले जमलको बुक कारखानामा काम पाइन् । त्यहाँबाट आएको पैसाले रानीको श्रीमानले र ‘क्सी खा’न था’ले । रानीले अर्को काम पनि सुरु गरिन् । बिहान कारखाना र दिउँसो अस्पतालमा सरसफाइको काम गर्थिन् । दुई ठाउँमा काम गर्नुपर्दा रानीको बिहान ६ बजेदेखि दिउँसो तीन बजेसम्म घरबाहिरै रहनुपर्‍याे । रानी काममा जाँदा श्रीमानले श’ङ्का गर्न थाले । त्यसपछि सुरु भयो रानीमाथि घरेलु हिं’सा ।

कहिले र’क्सी खा’एर ‘कु’ट्ने, कहिले पैसा न’दिएको भन्दै कु’ट्ने ग’र्थे । श्रीमानले मा”र्ने ध’म्की पनि दि’न थाले । रानी काममा जान नसक्ने अवस्थामा पुगिन् । यसरी उनको आशा भरोसा टु’ट्न थाल्यो । जीवन अ’न्धकार लाग्न लाग्थ्यो । त्यही क्रममा एकदिन जान्द्रे नामको व्यक्तिले उनलाई फोन गर्‍याे ।

जान्द्रेले उनको फोन नम्बर कसरी पायो उनले थाहा नै पाएनन् । जान्द्रे र रानीको थर एउटै भएकाले उसले भाञ्जी भनेर बोलाउँथ्यो । रानी आफ्नो मनको पिर पोख्न मामा पाएकोमा मख्ख परिन् । केही समयपछि जान्द्रे रानीका श्रीमानसँग कोठामा आउने–जाने पनि गर्न थाल्यो । उनीहरू एकअर्कालाई साथी जस्तै व्यवहार गर्थे । श्रीमानसँग भएको झ’ग’डा जान्द्रेलाई राम्ररी थाहा थियो ।