भक्तपुरको गठ्ठाघरमा सवारी दुर्घ“टनामा एक जनाको मृ`त्‍यु भएको छ । मंगलबार दिउँसो १ बजे भक्तपुर मध्यपुर थिमी नगरपालिका-३ गठ्ठाघरस्थित ट्राफिक कार्यालय अगाडि बस र स्कुटी दुर्घ“टना हुँदा युवतीको मृ“ त्‍यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी प्रवक्ता लोकबहादुर जीसीले बताए ।

प्रहरी प्रवक्ता जीसीका अनुसार मृ“त्‍यु हुनेमा रामेछाप घर भई काठमाडौंको जडिबुटीस्थित बर्गर हाउसमा कार्यरत २४ वर्षीया रेजिना तामाङ रहेकी छिन् । यस्तै स्कुटी चालक रामेछापको दोरम्बा गाउँपालिका-५ घर भई जडिबुटीमा बस्‍ने १८ वर्षीय सिद्धार्थ मगर भने घाइते भएका छन् ।

उनको उपचार भक्तपुर ईन्टरनेशनल अस्पताल कौशलटारमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले बस चालक काभ्रेपलान्चोक तिमाल गाउँपालिका -५ नारायणस्थान बस्ने ५० वर्षीय पोते तामाङलाई प-क्राउ गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।