काठमाडौंको बालाजुमा आज मंगलबार बिहान ५ बजे मोटरसाइकल दुर्घ“टना हुँदा चालकको मृ` त्यु भएको छ भने पछाडी सवार व्यक्ति घा`इते भएका छन् ।

सोह्रखुट्टेबाट बालाजु तर्फ जाँदै गरेको बागमति प्रदेश–०२–०२३–प ३७७५ नम्बरको मोटरसाइकल दुर्घ“टना हुँदा काठमाडौंको लोलाङका २२ वर्षीय सविन परियारको मृ` त्यु भएको छ ।

मोटरसाइकल अनियन्त्रित भई सडक छेउको बिजुलिको पोलमा ठो“ क्किँदा घाइ-ते भएका परियारको पिपुल्स अस्पताल नयाँबजार उपचारको क्रममा मृ- त्यु भएको प्रहरी वृत्त लैनचौरले जनाएको छ । यसैगरी, दुर्घ“टनामा काठमाडौंको इन्द्रचोकका अन्दाजी २२ वर्षीय निरज महर्जन घाइते भएका छन् । उनको सोही अस्पतालमा उपचार भइरहेको छ ।