साताको दाेस्राे दिन आज (असार २० गते) साेमबार नेपाली बजारमा सुनकाे र चाँदी दुबैकाे मूल्य स्थिर रहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आइतबार प्रतितोला ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज साेमबार तेजावी सुनको मूल्य तोलाको ९७ हजार रुपैयाँमा काराेबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

यस्तै, चाँदीको मूल्य पनि आज साेमबार स्थिर रहेकाे छ । आज चाँदीको मूल्य स्थिर रहदै १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।