काठमाडौ । विदेशमा वैदेशिक रोजगारीका लागि गएकाहरु विभिन्न समस्यामा पर्ने र उद्दार पनि गर्न कठिन हुने भएकाले सरकारले अब वैदेशिक रोजगारीमा जानेहरुका लागि अनिवार्य रुपमा अ’भिमुखिकरण तालिम लिएको हुनुपर्ने नियम लगाएको छ ।

अब २०७८ वैशाख १ गतेदेखि अ’भिमुखीकरण तालिम नलिएकाहरुलाई सबै प्रकृया पुरा गरेर विमानस्थल गएका भएपनि त्यहाँवा फ’र्काइन्े छ। तालिम नलिई वैदशिक रोजगारीमा जान विमानस्थलमा पुगेकाहरुपनि श्रम कक्षबाट नै फ’र्किनुपर्ने भएको छ ।अन्तर्राष्ट्रिय विमानस्थलको श्रम कक्षमा बायोमेट्रिक हाजिर नमिल्ने कामदार अब त्यहाँवाट फर्कनु पर्नेछ ।

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीलाई ब्यवस्थित गराउन यस्तो नियम लगाएको हो । अ’भिमुखीकरण तालिम दिने संस्थाले तो’किएको समयमा सम्बन्धित व्यक्तिको बा’योमेट्रिक हाजिरी गराई त्यसको विवरण विभागको अनलाइन सूचना व्यवस्थापन प्रणाली मार्फत उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

विमानस्थलमा पुगेका कामदारको वा’योमेट्रिक हाजिरी नमिले विमानस्थलवाटै फर्कनु पर्नेछ ।बोर्डका अनुसार अभिमुखीकरण तालिम जम्मा २ दिनको हुनेछ । प्रत्येक सत्र आमनेसामने पद्धतिबाट स’ञ्चालन हुनेछन् । तालिम प्रतिदिन ६ घण्टा हुने र त्यो तालिम अनिवार्य गराइएको छ ।

पछिल्लो समयमा अनिवार्यरुपमा लिनुपर्ने अ’भिमुखीकरण तालिम नलिई तालिमको प्रमाणपत्र मात्र लिने र दिने गरिएको पाइएपछि विभागले क’डाई गरेको हो। नक्कली बा’योमेट्रिक प्रयोग गर्दा इ’न्स्योरेन्स तथा कल्याणकारी कोषबाट प्राप्त हुने सुविधाबाट कामदार वञ्चित हुने गरेका छन् । त्यसवाहेक विदेशबाट पूनः श्रम स्वीकृती प्राप्त गर्न क’ठिन हुने गरेको छ ।