काठमाण्डौको बबरमहलमा आज बिहान कार दुर्घ“ टना हुँदा ३ जना घा`ईते भएका छन् ।

घा`ईते हुनेमा कार चालक भक्तपुर कमलबिनायकका २५ वर्षीय बिकाश बुढाथोकी, कारमा सवार सोही ठाँउका २७ वर्षीय जिनी चौरसीया र रामेछाप घर भई हाल कमलबिनायक बस्ने २१ वर्षीय जीवन गिरी रहेका छन् ।

घाईते ३ जनाकै सिभिल अस्पताल बानेश्वरमा उपचार भैरहेको छ । घा`ईते मध्ये गिरीको अवस्था गम्भिर रहेको छ । आज बिहान पौने ३ बजे बा २ च ८५३३ नम्बरको कार आफै अ`नियन्त्रित भई सडकमा प`ल्टि`एको प्रहरी वृत्त सिंहदरबारले जानकारी दिएको छ ।

याे पनि, काठमाडौं महानगरको नगर प्रहरीले हिजाे मकै बेच्दै हिँडेकी महिलाको ठेला नि`यन्त्रणमा लिएको छ । महाराजगञ्जमा ठेलामा राखेर मकै बेच्दै हिँडेकी ती महिलाको ठेला नगर प्रहरीले नि`यन्त्रणमा लिएपछि अहिले काठमाडौंका मेयर बालेन्द्र शाहको चौतर्फी वि“रोध भइरहेको छ ।

पारिश्रम गरेर छाक टा`र्ने महिलामाथि नगर प्रहरीले गरेको अमा`नवीय व्यवहार गरेको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको । नगर प्रहरीले ठेला नियन्त्रणमा लिँदा उनले हार गुहार गर्छिन् । तर, नगर प्रहरीले उनलाई हु“त्याइदिएको भिडियोमा देख्न सकिन्छ ।

मेयर साप, महानगर व्यवस्थित गर्नुपर्छ तर पहिला गरिबको रोजिरोटीको व्यवस्था गर्नुहोस्। घोषणा पत्रमा भएबमोजिम वैकल्पिक फुटपाथ बजारको व्यवस्था गर्नुहोस् भन्दै रोजिरोटीको ग्यारेन्टी गरेर मात्र फुटपाथ बजारको व्यवस्था गर्न आग्रह गरिएको छ । बाभकि हेर्नुस् तलकाे भिडियाे रिपोर्ट:-