पाेखरा । एकता कपूरको लोकप्रिय शो नागिन ६ मा नयाँ ट्विस्टहरू देखिँदैछन् । शोलाई रोचक बनाउनका लागि एकता कपुरको शोमा हरेक दिन नयाँ–नयाँ एन्ट्री पनि हुने गरेको छ । तर यसपटक नागिन ६ को सेटमा निमन्त्रणा नगरिएको अतिथि पुगे । त्यसपछि जताततै कोलाहल मच्चियो । आखिर को थिए यी पाहुना, जसको आगमनपछि शोको सेटमा हल्लाखल्ला भयो ?

कहिलेकाहीँ यति धेरै अनौठो घटनाहरू हुन्छन् कि पत्याउनै गाह्रो हुन्छ। एकता कपुरको शो नागिन ६ को सेटमा पनि यस्तै भएको थियो । वास्तवमा सामाजिक सञ्जालमा एउटा भिडियो शेयर भइरहेको छ ।

भाइरल भिडियोका अनुसार वास्तविक सर्प टेलिभिजनको अलौकिक कार्यक्रमको सुटिङ स्थलमा पुगेको थियो । अर्थात् सर्पमा आधारित कार्यक्रममा वास्तविक सर्प पुग्यो । यो देखेपछि मानिसहरू डराउनु स्वभाविक हो ।