निर्वाचन आयोगबाट रबि लामिछानेका लागी निर्वाचन आयोगबाट दु:खद खबर आएको छ ।

रबि लामिछानेले आफ्नो पार्टीको चुनाव चिन्हको रुपमा अघि सारेको घन्टी अरुनै पार्टीको नाममा दर्ता भएको भन्ने जानाकारी निर्वाचन आयोगले गराएपछि उनको पार्टी को चुनाव चिन्न नपाउने दु:खद खबर सुन्नु परेको हो। पार्टीको नाम नै फेर्न दवाव झेलिरहेका लामिछानेले रोजेको घण्टी चिन्ह यसअघि नै दर्ता भएको पाइएको छ ।

निर्वाचन आयोग स्रोतले दिएको जानकारी अनुसार अर्को पार्टीको नाममा दर्ता भएको चुनाव चिन्ह अरुलाई दिन मिल्दैन । उनले रोजेको चिन्ह घण्टी राष्ट्रवादी पार्टीको चुनाव चिन्हका रुपमा यसअघि नै आयोगमा दर्ता भइसकेको छ । यसबारेमा आयोागले थप अध्ययन गरिरहेको जनाएको छ ।

२०७३ साल मंसिर ३० गते आयोगमा दर्ता भएको सो पार्टीको कार्यालय नारायण गोपाल मार्ग काठमाडौं रहेको छ । पार्टीका केन्द्रीय संयोजक सहजाद मियाँ भिकरानी रहेका छन् । निर्वाचन आयोगकाअनुसार कुनै एउटा दलको नाममा दर्ता भएको चुनाव चिन्ह अर्को दलले पाउन सक्दैन ।

राष्ट्रवादी दल अन्य कुनै दलमा मर्ज भएर १ वर्ष बितेको र अर्कै चुनाव चिन्ह लिएको अवस्थामा मात्र सो चिन्ह पाउन सक्ने आयोगको भनाई छ । आयोगका सहसचिव तुलसीबहादुर श्रेष्ठले यसबारेमा आयोगमा छलफल तथा छानबिनपछि आवश्यक निर्णय हुने रातोपाटीलाई जानकारी दिए । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीको नामको विरोधमा परेको २ उजुरीमाथि आयोगले अध्ययन गरिरहेको छ ।

चुनाव चिन्ह मात्रै होइन पार्टीको नाम फेर्न पनि रवि माथी दबाव परेको छ । सबै स्वतन्त्र उमेदवारको पनि मनोभावनालाई समेटेर पार्टी बनाएको भन्दै स्वतन्त्र राष्ट्रिय पार्टी बनाउँन खोजेका रविले स्वतन्त्रहरुको खप्की खानु परेको छ । निर्वाचन आयोगले मिल्दैन भनेर नाम दर्ता नगरिदिएमा पार्टीको नाम समेत परिवर्तन गर्न आफु तयार रहेको रविले प्रष्ट पारिसकेका छन् ।