काठमाडौं । तीज नजिक आउँदै गर्दा नेपाली दर्शकले धेरै याद गर्ने गायिकाहरुमा ज्योति मगर पनि पर्नुहुन्छ ।

उहाँको छाडा र उत्ताउलोपन नेपाली दर्शकले खुबै मन पराउँछन् । समय समयमा दिने बयान र अश्लील प्रस्तुतीका कारण गायिका मगर चर्चा र विवादमा पर्ने गर्नुभएको छ ।

हालै उहाँले मेला महोत्सवमा जाँदा आयोजकसँग कसरी कुरा हुन्छ भन्ने कुराको गहिरो जवाफ दिनुभयो । कमेडी च्याम्पियन–२ का फस्ट रनर अप विक्की अग्रवालले ल्याएको ‘आम्मा कस्सम याँ दुख्छ’ पहिलो एपिसोडमा अथितीको रुपमा मगर आउनु भएको थियो । पहिलो एपिसोड एकदम द्विअर्थी (दोहोरो अर्थ लाग्ने वाक्य) ले भरिएको छ ।

ओएसआर रियालिटी युट्यब च्यानलबाट सार्वजनिक एपिसोड झण्डै पाँच दिन भैसक्दा चार लाख पटक हेरिएको छ । १८ वर्षकाले मात्र एक्लै हेर्नु भन्ने सन्देशविना नै सुरु भएको शोमा विक्की ज्योतिलाई देखेर आफूलाई सम्हाल्न नसकेको भन्दै मगरको स्तन छोप्न खोज्नुहुन्छ । त्यसपछि के गरेको भन्दै मगरले भन्नुभयो, ‘यस्तो हट मौसममा हट केटीलाई सिरक नओडाउन भाई ।’

त्यसपछि अग्रवालले आफूलाई गाह्रो भएको भन्दै आँखामा पट्टी बाँध्नुभयो । अब आउँछ ज्योतिको पालो । उहाँले पट्टी खोल्दै भन्नुभयो, ‘कस्तो ग्वाँचे भाई रहेछ । यस्ती राम्री केटीलाई हेरेर मजा लिनु नि, आँखा छोपेर बसिराछ क्या अब होईन… त्यहीँमाथि म १८ प्लस !’

जवाफमा विक्कीले भन्नुभयो, ‘तर मेरो अनुभव अनुसार, ठ्याक्क नघटी नबढी ३६’ छोटोमा गायिका मगरले जवाफ दिदैँ भन्नुभयो, ‘३६ रे ४०’ छाडापन अझैं सकिएको छैन् ।

विक्कीले थप्दै भन्नु भएको छ, ‘अरुले मलाई एकदम सानो भिजन भाको मान्छे भन्थे त्यो कुरा ठिकै रहेछ । मेरो नजर नै स्यानो (सानो) रहेछ ।’ फेरि ज्योतिले भन्नुभयो, ‘यो भाईको नजर मात्रै होईन्, धेरै कुरा स्यानो छ जस्तो लाग्यो मलाई त ।’