जापानमा फेरि अर्का नेपाली युवाको मृत्यु,म्याग्दीका युवाले आफैले मृत्यु रोजेको अनुमान

टोकियो/ जापान । जापानको ओसाका शहरमा म्याग्दी जिल्ला मंगला गाउ पालिका ४ बरंजा घर भएका रोक्का मगर थर भएका युवाले आफनो मृत्यू आफै रोजेकाछन ।

बिद्यार्थी भिषाबाट कामदार भिषामा परिवर्तन गरेका रोक्का दुई दिन देखि काममा नगएपछि काम गर्ने कम्पनीबाट बस्ने कोठामा खोजिकालागि आउदा वासिङ मिसिनको डोरिले घाटीमा बेरीएको अवस्था भेटिएको खबर प्राप्त भएको छ ।

आज भन्दा सात बर्ष अघि बिवाह गरेर जापान आएका रोक्का मगर एक पटक पनि नेपाल नगईकन मृत्यूलाई आत्मसात गरेको देखिन्छ।
केहि दिन अघि श्रीमतीलाई फोनमा अब जापानमा सगै बस्ने कुरा भएको श्रीमतीले बताएपछि मृतक रोक्का र श्रीमती विच केहि विषयमाअसमदारी बनेको बताएईएको छ ।

रोक्काले किन आफै मृत्यू रोजे त्यसको बारेमा प्रहरीले पोष्टमार्टम पछि पत्ता लाग्ने जनाएका छन । एनआरएन आईसिसिका सदस्य दिपक कार्कीका अनुसार नेपालमा परिवारसग घटना र त्यसपछिको के गर्ने बारेमा घर परिवारसंग छलफल भएको बताए ।

जुन महिनामा जापानमा ७ नेपालीहरु मृत्यू भईसकेको छ ।
निश्पक्षन्युजबाट