काठमाडौँ ।

कैलालीको गोदावरीमा गाडीधनी लुटिएका छन् । कैलालीको गोदावरी जंगलबाट पहिचान नखुलेका भारतीय नागरिकको एक समूहले चालकलाई बाँधेर लुटेको कार फेला परेको छ ।

प्रहरीले गोदावरी–१ स्थित पाठक आयल स्टोरदेखि शान्तिनगर जाने भित्री सडकखण्डमा कारलाई बेवारिसे अवस्थामा फेला पारेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार भीम दत्त राजमार्ग अन्तर्गत कैलालीको गोदावरीमा उनी लुटीएका हुन् ।

डडेलधुराको आलिताल गाउँपालिकाका कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीलाई कु टपि ट गरेर उनको गाडी अपरिचित व्यक्तिले लुटेको प्रहरीले जनाएको छ ।

लुट्ने व्यक्तिहरुले फिल्मी शैलीमा लुटेका छन् । महेन्द्रनगरबाट लिफ्ट मागेर आएका ३ जनाले गोदावरी ५ मा आइपुगेपछि कु टपि ट गरेर गाडी लुटेर लगेको पिडितले जनाएका छन् ।

लिफ्ट दिएर सँगै आएको भारतीय नागरिकको एक समूहले कैलालीको गोदावरीको जंगलबार डडेल्धुराका अतिताल गाँउपालिकाका कर्मचारी कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीको कार लुटेका थिए ।

लुटेराले भण्डारीलाई च क्कु प्र हार गरी टाउकोमा ढुङ्गाले कु टपि टसमेत गरेका थिए । उनलाई लुटेराले बाँधेर लुटेराहरू फरार भएका थिए । प्रहरीको खोजीपछि लुटेराले लुटेको भण्डारीको प्रदेश ०१–२३–च ६०२१ नम्बरको कार भेटिएको हो ।