प्रतिकात्मक तस्बिर
विवाह गर्ने प्रलोभन दिई पीडितलाई रकम ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रामेछाप साँघुटार नगरपालिका–३ घर भई हाल काठमाडौं धापासी बस्ने ५२ वर्षीय लोक बहादुर श्रेष्ठ रहेका छन् ।
आईएमई र सिटी एक्प्रेसबाट पटक–पटक गरी ४२ लाख ३४ हजार रुपैयाँ ठगी
श्रेष्ठले पीडितलाई विश्वासमा पारी आफू विरामी रहेको भन्दै आईएमई र सिटी एक्प्रेसबाट पटक–पटक गरी ४२ लाख ३४ हजार रुपैयाँ ठगी गरेको महानगरीय अ पराध महाशाखाले जनाएको छ ।
अ-पराध महाशाखालेको टोलीले उनलाई काठमाडौंको विशालनगरबाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ ।
यो पनि – सन्नी लियोनीको बंगलाको मूल्य थाहा पाउँदा सबै चकित
बलिउड अभिनेत्री सन्नी लियोनी आफ्नो काममा निकै सक्रिय छिन् । उनी आफ्नो व्यक्तिगत जीवनमा पनि रमाइलो समय निकाल्छिन् । अभिनेत्री परिवारसँग समय बिताउन रुचाउँछिन् ।
अभिनेत्रीले गत वर्ष मुम्बईमा विलासी अपार्टमेन्ट लिएकी थिइन् । यसको मूल्य धेरै उच्च थियो। अब सन्नी लियोनीको नेटवर्थको बारेमा नयाँ खुलासा भएको छ । केही जानकारी अनुसार अभिनेत्रीको यस बंगलाको मूल्य भारु १६ करोड रहेको खुलासा छ । अहिले सन्नीले यसबारे प्रतिक्रिया दिएकी छिन् ।
सन्नीले हालैको एक अन्तर्वार्तामा यसबारे बताउँदै भनिन्, ‘मलाई लाग्छ कुनै पनि डाटा सेयर गर्नुअघि पुष्टि गर्नु मिडियाको काम हो । कसले आफ्नो घरमा कति खर्च गरिरहेको छ भन्ने चिन्ता छ ।
कहिलेकाहीँ मानिसहरू बिना कारण कुरा गर्छन् । मलाई लाग्छ कि मेरो परिवारले घर मन पराएको छ भने हामीलाई अरू कुराको वास्ता छैन । हामीले आफ्नो र हाम्रा छोराछोरीको लागि हामीले चाहेको घर रोज्यौं । यसबाट हामी धेरै खुसी छौं ।’
जब सन्नीलाई सोधियो कि उनी अफवाहलाई कसरी लिन्छिन् ? जसमा सन्नीले भनिन्, ‘तपाईले यस्ता समाचारलाई धेरै महत्व दिनु पर्दैन्, त्यसलाई जान दिनुपर्छ । अघि बढ्नु नै सही हो । मेरा छोराछोरीलाई हानि नपुग्ने कुरा हो भने मलाई वास्ता हुँदैन् ।’ सन्नी लियोनी आफ्नो परिवारसँग सुटिङबाट समय निकालेर घुम्न जान रुचाउँछिन् ।
यस क्रममा उनले फोटो र भिडियो पनि सेयर गरिरहेकी छिन् । सन् २०११ मा सन्नीले डेनियल वेबरसँग विवाह गरेकी थिइन् । सन्नीले निशा नामकी छोरी धर्मपुत्रीका रूपमा ग्रहण गरेकी थिइन् । यसबाहेक उनका आशेर र नोआ नामका दुई छोराहरू पनि छन् ।