काठमाडौं, १२ असार:

सुनको मूल्य आइतबार प्रतितोलामा १०० रुपैयाँले वृद्धि भएको छ ।
शुक्रबार र शनिबार प्रतितोला ९७ हजार २०० रहेको सुनको मूल्य आइतबार प्रतितोला ९७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुनको भाउ पनि ९६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला एक हजार २४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो पनि : यस्तो आजको विदेशी मुद्राको विनिमय दर :नेपाल राष्ट्र बैंकले आइतबारका लागि एक अमेरिकी डलरको विनिमय दर १२५ रुपैयाँ ६ पैसा तोकेको छ ।

पछिल्ला दिनमा नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ लगातार बढेर हरेक दिन नयाँ उचाइमा पुगिरहेको थियो । तर, शुक्रबारको तुलनामा आइतबार कमि आएको छ ।

यस्तैगरी युरो १ को खरिददर १३१।७३ पैसा र विक्रीदर १३२।३६ पैसा तोकेको छ । अष्ट्रेलियन डलर १ को खरिददर ८६।३६ पैसा तोकेको छ । भने विक्रीदर ८६।७७ पैसा छ ।

जापानी येन १० को ९।२५ पैसा रहेको छ । विक्रीदर ९।३० पैसा रहेको छ । यस्तै, चइनिज युआन १ को १८।६८ पैसा विक्रीदर १८।७७ पैसा रहेको छ । यस्तैगरी साउदी १ को ३३।३३ पैसा रहेको छ भने कतारी रियाल ३४।२३ पैसा छ ।