काठमाडौंको कलंकीमा नसोचेको भयो ! कस्तो छ ६ जनाको अवस्था ?

क्कली सवारी दर्ता प्रमाणपत्र (ब्लुबुक)का आधारमा उपत्यकामा सवारीसाधनको खरिद बिक्री भइरहेको खुलेको छ । यातायात व्यवस्था कार्यालय सानो भर्याङमा सोमबार एउटा नक्कली ब्लुबुक बरामद भएको छ ।

प्रदेश ३ ०२ ००१ प ०७७१ नम्बरको मोटरसाइकलको कर तिर्न जाँदा ब्लुबुक नै नक्कली भएको खुलेको हो । ठ्याक्कै सक्कलीजस्तो देखिने नक्कली ब्लुबुक बनाएर त्यसमा विगतमा कर तिरिएको भनेर यातायात कार्यालयको छाप र दस्तखतसमेत रहेको शाखा अधिकृत उपेन्द्र शाहले बताए ।

पछिल्लोपटक सो रोयल इन्फिल्ड मोटरसाइकल दीपेश अधिकारीको नाममा नामसारी गरिएको त्यसमा देखाइएको छ । सवारीधनी बिचौलियामार्फत कर तिर्न गएका थिए । यातायात कर्मचारीले बोलाएलगत्तै मोटरसाइकलधनी भागेका थिए ।

शंका लागेर छानबिन गर्दा त्यो नम्बरको मोटरसाइकल नै दर्ता नभएको कार्यालयका शाखा अधिकृत शाहले बताए । यस विषयमा यातायातले थप अनुसन्धान गर्न प्रहरीलाई पत्राचार गरेको छ ।