राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीको नाम फेर्ने घोषणा गरेका छन् । लामिछानेले नामकै कारण निर्वाचन आयोगले दल दर्ता नगरे नाम फेर्ने बताएका हुन् ।

लामिछानेले नामकै कारण निर्वाचन आयोगले दल दर्ता नगरे नाम फेर्ने बताएका छन् । काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनले भने, ‘हामीलाई विश्वास छ निर्वाचन आयोगले मान्यता दिनुपर्छ, दिएन भने अर्को तयारी छ ।’

पत्रकार सम्मेलनमा प्रवक्ता मुकुल ढकालले दल दर्ता ऐन अनुसार आफूहरुको दल दर्ता हुने र नाम परिवर्तन गर्नु परेमा फेरि घोषणा सभा नहुने स्पष्ट पारे दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी राख्दा स्वतन्त्र उम्मेदवार बन्नेहरुप्रति अन्योल हुने भन्दै निर्वाचन आयोगमा उजुरी परेको छ ।

यस्तै प्रस्तावित राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष लामिछानेले शुक्रवार गणतन्त्र, सङ्घीयता र धर्मनिरपेक्षता सबै आफूहरूले मान्ने बताए। पार्टीको राजनीतिक एजेन्डादेखि आफूमाथि लागेका आरोप र दाजु हरिशरण लामिछानेसँगको सम्बन्धबारे पत्रकार सम्मेलनमा उनी खुलेर बोले।

उनले सङ्घीयता खर्चिलो रहेको र यसमा व्यापक सुधार चाहिने भए पनि आफूहरू यही व्यवस्थाभित्र बसेर अवस्था बदल्ने पक्षमा रहेको बताए। अहिलेको स्थानीय तहको निर्वाचनमा स्वतन्त्रको पक्षमा राम्रो माहौल देखिएकोले आगामी संसदीय निर्वाचनमा प्रभावकारी बनाउन सकिन्छ भनेर पार्टीको नाम स्वतन्त्र राखिएको उनले लुकाएनन्।