काठमाण्डौ – सनसिल्क स्याम्पुभित्र लुकाएर ल्याएको सय ग्राम सुनसहित त्रिभुवन विमानस्थलबाट आज बिहान एक जना पक्राउ परेका छन् ।

सलाम एअरवेजको उडान नं.४२७ मार्फत ओमनबाट आएका सिराहाका निरञ्जनकुमार सिंह एक सय ग्राम सुनसहित पक्राउ परेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख भन्सार प्रशासक महेश भटराईका अनुसार पक्राउ परेका सिंहले सनसिल्क स्याम्पुको झोलमा मिसाएर उक्त १०० ग्राम सुन लुकाएर ल्याएका थिए ।

अहिले सिंहलाई भन्सार कार्यालयले नियन्त्रणमा लिएर अनुसन्धान थालेकाे छ ।

यो पनि… नेपालमा एक भारतीय पत्रकार थुनामा रहेका छन् ।१०० डलरका नक्कली नोट फेला पारेपछि झापाको चन्द्रगढी विमानस्थलबाट उनलाई पक्राउ गरिएको छ ।

भारतले भने ‘छोटो फिल्मको छायांकनका लागि आवश्यक पर्ने भएको उक्त नक्कली नोट छापेको हुनसक्ने दावी गरेको छ ।सोही आरोपमा सात महिनाभन्दा बढी समयदेखि झापा कारागारमा थुनिएका भारतीय फोटोग्राफरलाई रिहा गर्न नेपाली फोटो पत्रकारहरूको समूहले माग गरेको छ । ।

पश्चिम बंगालको हावडा जिल्लाको साल्कियाका २४ वर्षीय दुर्लभ रोय चौधरीले विभिन्न समाचार संस्थाहरूमा स्वतन्त्र फोटोग्राफरको रूपमा काम गरेका थिए। उनको “Snipper Monk Travels” नामक युट्युब च्यानल पनि छ।