एजेन्सी : मोडेलिङबाट आफ्नो करियर सुरु गरेकी अभिनेत्री उर्वशी रौटेलाले अहिले बलिउडमा आफ्नो अलग पहिचान बनाईसकेकी छिन् । उर्वशी सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन् । उनी आफ्नो स्टेटस र ग्लामरसको कारण चर्चामा आइरहन्छिन् । उर्वशीको स्टाइल र फेशन सेन्स धेरै भिन्नखाले छ ।

हालै उर्वशीले एक यस्तो मास्क लगाएकी छिन्, जसको कारण उनी फेरि पनि चर्चामा आएकी छिन् र यसको मूल्य सुन्नुभएमा तपाई तीनछक्क पर्नुहुनेछ। उर्वशीले ३ करोड भारतीय रुपैयाँको मास्क लगाएर चर्चामा आएकी हुन्। उर्वशीले आफ्नो इन्स्टाग्राममा एक भिडियो शेयर गरेकी छिन्, जुन खुबै भाइरल भईरहेको छ।

भिडियोमा उर्वशीले डायमण्ड फुलफेस मास्करेड लगाएकी हुन्। यत्रो महँगो मास्क लगाएपछि इन्टरनेटमा तहल्का नै मच्चिएको छ। उर्वशीको यस मास्करेडको मूल्य ३ करोड रुपैयाँ पर्छ। भिडियो शेयर गर्दै उनले लेखेकी छिन्, ‘डायमण्ड फुल मास्करेड। हे भगवान यो धेरै गह्रौं थियो। यसको लागि मलाई दोष नदिनुहोला।’

उर्वशीको यस्तो लुक देखेर उनका फ्यान्स अचम्ममा परेका छन्। अधिकांसले उनको स्टाइलिश लुकको तारिफ गरेका छन् भने केहीले ट्रोलसमेत गरेका छन्।

उर्वशी जोसफ डी सामी औल्ड अरोकिअमको निर्देशनमा बन्ने बन्ने साईफाई फिल्ममा देखिँदै छिन्। यो फिल्म तमिल, कन्नाडा, तेलुगु, हिन्दी र मलयालम गरी चार भाषामा रिलिज हुनेछ। यहीँ फिल्मबाट उर्वशीले दक्षिण भारतीय चलचित्र क्षेत्रमा कदम राख्न लागेकी हुन्।

हालै उर्वशी म्युजिक एल्बम ‘एक लड्की भिगी भिगी सी’ मा देखिएकी थिईन्, जसलाई दर्शकले असाध्यै मन पराएका थिए। यसबाहेक उर्वशीले जिओ स्टूडियोजको ३ फिल्म साइन गरेकी छिन्, जस मध्ये ‘इन्स्पेक्टर अविनाश’ एक बायोपिक हो। यी बाहेक ब्ल्याक रोज, थिरुतु पायल २, गुरु रन्धावासँगको म्युजिक एल्बम मर जायेंगे छिट्टै रिलिज हुँदै छ।

उर्वशी अन्तिम पटक एक कमेडी-ड्रामा फिल्म ‘भर्जिन भानुप्रिया’ मा देखिएकी थिईन्। यसमा गौतम गुलाटी र अर्चना पूरण सिंहले पनि महत्वपूर्ण भूमिका निभाएका थिए।