काठमाडौं । पुरुष प्रधान समाजका लागि अभिनेत्री नम्रता सापकोटाको शीर्षकमा उल्लेखित अभिव्यक्ति सामान्य क्रा’न्तिको रन्को होइन ।उनले हरेक छोरीहरुलाई सवल र सक्षम बनाउँन मात्र हैन, आत्मा’स्वाभिमानको झंकार दिन खोजेकी छन् । भलै झट्ट सुन्दा केहीलाई नराम्रो लागेको होला । तर यो क्रा’न्तिको वि’गुल हो समाज परिवर्तनको झड्का हो । उनले आफूलाई विहे नगरीकनै बच्चाको चाहना भएको बताएकी थिइन् ।

त्यसपछि’पनि उनले विभिन्न सञ्चार माध्यममा विहे नग’रीपनि बच्चा बनाउँन छोरीहरुलाई अधिकार हुनुपर्ने बताउँदै आएकी छिन्।बाबुको टुंगो नलागेपनि आमाले जन्माएपछि त्यो सन्तानको परिचय आमाको तर्फबाट विना सोधखोज विना संकोच दिनुपर्ने उनको विचार छ । एक टेलिभिजनसँगको अन्तर्वार्तामा मोडल तथा अभिनेत्रीले आफू सिंगल मदर बन्न चाहेको बताएकी हुन् ।उनले भनिन्, ‘अहिले म विवाह चाहँदिन तर, बच्चा चाहिँ चाहन्छु ।

दुई चार वर्षमा मेरो विहे भएन भने बच्चा चाहिँ पाउँछु होला ।’विहे नै नगरीकन पनि बच्चा पाउन सकिने उनको भनाई छ । विहेभन्दा आफूलाई बच्चा पाउन मन लागेको उनले बताइन् ।समाज र समय विस्तारै परिवर्तन भएको बताउँदै नम्रताले सिंगल मदरको ट्रेन्ड बढेको पनि जनाएकी छिन् ।आमाको माध्यममार्फत बच्चा जन्माउनुले वैधानिक पाएको बताउँदै नम्रताले बच्चा पाउनु आफ्नो इच्छा भएको बताइन् ।

उनले टेस्ट टुयुब बेबी (आईभिएफ) बाट भ्रुण लिएर भएपनि बच्चा जन्माउनसक्ने विकल्प महिलाहरुमा रहेको सुझाव दिएकी छिन् । आफूलेपनि त्यही गर्न सक्ने बताएकी छिन् ।भैरहवा। मापदण्डमै नरही स्वीमिङ पुल सञ्चालनपछि प्रशासनले भैरहवास्थित पौवा होटलको स्वीमीङ पुलको सेवा बन्द गरेको छ । शुक्रबार पौवा होटलस्थित स्वीमिङ पुलमा डुबेर स्थानीय सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ का २७ वर्षीय सुमित तुलाधरको मृत्यु भएको थियो ।

दुई साता अगाडि रातिको समयमा सोही ठाँउमा एक युवाको डुबेर मृत्यु भएको थियो । केही दिनकै फरक डुबेर मृत्यु हुने दोहोरिएपछि तत्कालका लागि स्वीमिङ पुल बन्द गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।स्थानीय तथा परिवारले शनिबार बिहान जिल्ला प्रहरी कार्यालय पुगेर प्रशासनलाई घटनाबारे ध्यानाकर्षण गराएका छन ।

होटलबाट कुनै पनि प्रकारको सुरक्षा र बचावको काम नभएको भन्दै आक्रोशित परिवारले यस्ता घटना दोहोरिन नदिनका लागि सबै स्वीमिङ पुल मापदण्ड पूरा गरेर मात्रै सञ्चालनमा ल्याउनु पर्ने माग गरेका छन । ुसकिन्छ भने मापदण्ड पुरा गरेर चलाउ हैन भने कसैको ज्यानसँग खेलवाड गर्न पाइदैन, पैसा कमाउने लोभमा अकालमा २ जनाको ज्यान जानु सानो कुरा होइनु, आक्रोशित परिवारले भने ।

नाममात्रै को सेफटी गार्ड थियो, स्वीमिङ पुल संचालन भए सम्म तालिम प्राप्त गार्ड र प्राविधिक हुनु पर्छ त्यस्तो केही पनि होटलले राखेको छैन । २० दिन अगाडि पनि होटलमा सोही प्रकृतिको घटना घटेको थियो । तर, होटलले घटना हुदा पनि अझै सम्म सुधार गरेको छैनु,मृतकका मामा पंकज उदासले भने ।