ललितपुरको महालक्ष्मी नगरपालिका–१० लाकुरी भञ्ज्याङ स्थित नारायणडाँडा उकालोमा सोमबार राति ट्रिपर दुर्घ“ टना हुँदा चालकको मृ- त्यु भएको छ ।

मृ- त्यु हुनेमा काभ्रेपलान्चोकको मण्डन देउपुर घर भएका अन्दाजी ३३ वर्षीय कपिल तामाङ रहेका छन् ।

तामाङले चलाएको बा ४ ख ७३३६ नम्बरको ट्रिपर दुर्घ“ टना हुँदा उनको घ`टनास्थलमै मृ` त्यु भएको प्रहरी वृत्त सातदोवाटोले जनाएको छ ।

याे पनि, साताको तेस्रो दिनआज (असार ७ गते) मंगलबार नैपाली बजारमा सुनको-चाँदी दुवैकाे मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार स्थिर रहेर सोही मूल्यमा कारोबार भईरहेको छ ।

त्यस्तै आज मंगलबार तेजावी सुन प्रतितोलामा ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

यस्तै, चाँदीको मूल्य आज मंगलबार पनि स्थिर रहेकाे छ । आज चाँदीको मूल्य स्थिर रहदै १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।