काठमाडौं । अब पोर्न भिडियो हेरेर तलब पाइने भएको छ । अमेरिकाको एउटा वेबसाइटले २२ वर्षीया युवतीलाई यस्तो अनौठो काममा राखेको खुलेको हो ।

त्यो केटीको काम पोर्न हेर्नु मात्रै हो । यो कामको लागि उनले धेरै तलब पनि पाउनेछन् । ती महिलाले प्रति घण्टा २० डलर अर्थात लगभग २५०० रुपैयाँ पाउनेछिन् ।

यो समाचार एक महिना पुरानो भएपनि सामाजिक सञ्जालमा अहिले पनि भाइरल भइरहेको छ ।

पोर्न हेर्नको लागि किन यति पैसा दिइयो ?
२१ औं शताब्दीलाई सूचनाको युग भनिन्छ तर यथार्थमा यो युग बजारको हो । जानकारी मात्र एक इन्धन हो ।

१९औं शताब्दीदेखि जताततै तहल्का मच्चाउने कुरा मार्केटिङमा छ । कर्पोरेट कम्पनीहरूले चौतर्फी विज्ञापनका लागि ठूलो बजेट दिन्छन् ।

मार्केटिङ गर्नेहरूको काम बिक्रीको विभिन्न विधिहरू पत्ता लगाउनु मात्र होइन ।

मार्केटिङ गर्नेहरूले ग्राहक बुझ्न सक्नुपर्छ । अर्थात् बजार अनुसन्धानमा राम्रो पकड चाहिन्छ । जसले केही बेचिरहेको छ, उसले अनुसन्धान गर्छ, कसलाई बेच्ने, कसरी बेच्ने भन्नेजस्ता कुराहरुको ज्ञान हुनुपर्छ ।

बेडबिबल नामको एक वेबसाइट छ । यौन खेलौना समीक्षा, नवीनतम सेक्स तथ्याङ्क, ब्लग, पोडकास्ट वरपर बेडबिबलको कार्यक्षेत्र पर्छ ।

यसबीच बेडबिबलले पोर्न उद्योगको बारेमा राम्रो जानकारी सङ्कलन गर्न अनुसन्धान सुरु गर्यो ।

यस अनुसन्धानका लागि स्कटल्याण्ड निवासी रेबेका डिक्सनलाई जागिर मिलेको छ । उनले ९० हजार आवेदकहरूलाई पछि पार्दै उक्त जागिर पाएकी हुन् ।

न्युयोर्क पोस्टमा प्रकाशित रिपोर्टका अनुसार रेबेकाले शारीरिक क्रिया पोजिसन, भिडियो कति लामो छ, अर्ग्याजम, पुरुष–महिला अनुपातलगायतका तथ्याङ्क सङ्कलन गर्नुपर्छ ।

उनले विभिन्न पोर्न क्लिपहरूबाट ती तथ्याङ्क सङ्कलन गर्नुपर्छ, ताकि पोर्न हेर्ने प्रयोगकर्ताहरूको बारेमा विस्तृत रूपमा रिपोर्ट गर्न सकियोस् ।

न्यूयोर्क पोस्टसँग कुरा गर्दै, रेबेकाले के भनिन् ?
उनी भन्छिन्, ‘यो काम मेरो लागि उपयुक्त छ । यदि तपाईंले पोर्न हेरेर तलब पाउनुभयो भने, कसले पो गर्दैन ? इमानदारीपूर्वक भन्नुपर्दा, म छक्क परेको छु कि मलाई यो कामको लागि छनोट गरियो, किनभने म एउटा सानो शहरबाट आएकी हुँ, जहाँ धेरै कुराहरु हुँदैनन् । त्यसैले यो मेरो लागि राम्रो मौका हो ।’