नेपाल आयल निगमले अब ग्यासको दुईथरि मूल्य तोक्ने भएको छ । कार्यकारी निर्देशक उमेशप्रसाद थानीले खाना पकाउने ग्यासमा छिटै दुईथरि मूल्य तोक्ने निर्णय भएको जानकारी दिनुभयो ।

इन्धनमा भएको मूल्यवृद्धिबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा उहाँले ग्यासमा घरायसी र औद्योगिक प्रयोजनका लागि अलग अलग मूल्य तोक्ने निगमको तयारी रहेको बताउनुभयो ।
‘हामी एकदमै चाँडो ग्यासको दोहोरो मूल्यमा जान्छौं, दोहोरो मूल्य गरेर औद्योगिक प्रयोजनमा परल मूल्यमा जाने र घरायसी प्रयोजनमा सहुलियत दिने’ उहाँले बताउनुभयो ।

औद्योगिक प्रयोजन र घरायसी प्रयोजनको ग्यास सिलिन्डर चिन्न सिलिन्डरको आकार, ग्यासको गन्ध र सिलिन्डरको रङ पनि फरक बनाउने थानीको भनाई थियो ।यो पनि पढ्नुहोस्। भन्छन्, छोरा जत्ति नै महान भए पनि बुबा बराबर हुन सक्दैन् ।

हरेक बुवाको चाहना हुन्छ, छोराले राम्रो पढोस्, हरेक कक्षामा राम्रो अंक आओस् ।

यसबीच छोरा अनुत्तीर्ण (फेल) भयो भने बाबु दुखी हुनु स्वभाविक हो । त

र, बाबु छोराले सँगै परीक्षा दिएर बाबु उर्तीण (पास) हुँदा छोरा अनुत्तीर्ण बाबुको मनस्थिति कस्तो होला ? आफ्नो सफलतामा खुशी हुने कि छोराको असफलतामा दुखी ?बुबा पास, छोरा फेल
सोचिरहनुभएको होला, कतै पनि कहीँ हुन्छ ? तपाईंले ठिक सोच्नुभयो, सामान्यतया यस्तै दुनियाँमा हुँदैन् । तर भारतमा यस्तो एक रोचक घटना भएको छ ।

भारत, महाराष्ट्र राज्य माध्यमिक तथा उच्च माध्यमिक शिक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको १० औं कक्षा (एसईई) को नतिजामा यस्तो देखिएको हो । भारतीय सञ्चारमाध्यका अनुसार ४३ वर्षीय भास्कर वाघमारे र उनका छोरा, जो पुणेबाट आएका थिए, उनीहरुले यस वर्ष महाराष्ट्र बोर्डको १० औं कक्षाको परीक्षा दिए । यो परीक्षामा उनी आफै उत्तीर्ण भए पनि छोरा फेल भएका हुन् ।

बाल्यकालमा पढाइ छुट्यो
सानै उमेरमा परिवारको जिम्मेवारी काँधमा आएका कारण भास्कर ७ कक्षामा नै पढाइ छाड्न बाध्य भएका थिए । त्यसपछि उनले काम गर्न थाले । वाघमारे सधैं पढ्न चाहन्थे, तर बाध्यताले हात बाँधिदिएको थियो ।