ब्रेन भनेको मानव मस्तिष्क हो। साथै ट्युमर भनेको अंगमा अनावश्यक मासु पलाउनु हो। सामान्य भाषामा भन्दा मस्तिष्कमा अनावश्यक मासुको डल्लो पलाउनुलाई नै ब्रेन ट्युमर भनिन्छ।

ब्रेन ट्युमरलाई हाम्रो समाजमा निकै भयावह रोगमा रुपमा लिइन्छ। यो मस्तिष्कमा लाग्ने रोग भएकाले पनि यसलाई आवश्यक्ता भन्दा भयावह रोगका रुपमा लिइएको हो।

ब्रेन ट्यूमर एक गम्भीर समस्या हो। समयमै रोग पत्ता लागेर उपचार भएको खण्डमा यो रोग निको हुन्छ। उपचारमा भएको थोरै मात्र ढिलाइले ज्यानसमेत जानसक्छ।

विशेषगरी, ब्रेन ट्युमर भएमा मस्तिष्कको एउटा कोषिका वा अन्य थुप्रै कोषिका असामान्य रुपले बढ्न थाल्छन्, जसका कारण अन्य कोषिका क्षतिग्रस्त हुन थाल्छन्।

कुनै ब्रेन ट्युमर वंशाणुगत कारणले हुनसक्छ भने कुनै रेडियसनमा एक्सपोज हुनाले पनि हुनसक्छ। सुरुवाती अवस्थामै यसको पहिचान भएको खण्डमा यो रोग पूर्णतया निको पार्न सकिने भएकाले यसको लक्षणबारे गहिराइमा बुझ्न आवश्यक छ।

१. टाउको दुख्नु

टाउको दुख्नु ब्रेन ट्युमरको सबैभन्दा पहिला तथा सामान्य लक्षण हो। ब्रेन ट्युमर भएमा सुरु(सुरुमा टाउको दुख्ने समस्या बिहानको समयमा बढी हुने गर्छ र पछि लगातार हुने गर्छ।

यस्तो दुखाइ कयौंपटक यति धेरै हुन्छ कि मानिसले आफ्नो मानसिक सन्तुलन नै गमाउन सक्छ । यदि तपाईलाई पनि लगातार टाउको दुख्छ भने एकपटक अवश्य चिकित्सकलाई जचाउनुस्।

२. उल्टी आउनु तथा खान मन नलाग्नु

ब्रेन ट्युमरको अर्को लक्षण भनेको वान्ता हुनु हो । कहिलेकाहीँ टाउको दुख्नाले दिनभर केही खान मन लाग्दैन । टाउको दुख्ने समस्या झैं वान्ता हुने समस्या पनि सुरुसुरुमा विहानको समयमा धेरै हुने गर्छ। तर पछिपछि भएपछि यो समस्या बढ्दै जान्छ।

३. शरीर असन्तुलित हुनु

ब्रेन ट्युमर भएमा अक्सर रिङ्गटा लाग्ने गर्छ। कहिलेकाहीँ धेरै रिङ्गटा लागेमा मानिस ढल्नेसमेत गर्छ। विशेषगरी ट्युमर सेरिबेलममा भएमा यसले शारीरिक सन्तुलनलाई प्रभावित पार्ने गर्छ, जसले गर्दा कयौंपटक हिँड्दा हिँड्दै शरीरको सन्तुलन विग्रेर मानिस ढल्ने गर्छ।

ब्रेन ट्यूमरको उपचार कसरी गरिन्छ?

सबैभन्दा पहिला लक्षणको आधारमा सिटी स्क्यान,एमआरआई गरेर ब्रेन ट्युमर भए नभएको एवं कुन ग्रेडको छ यकीन गरिन्छ। ट्यूमरको सही उपचार भनेको शल्यक्रिया नै हो । तर केही ट्युमरको शल्यक्रिया नगरि पनि उपचार सम्भव हुन्छ।

ब्रेन ट्यूमरबाट कसरी बच्ने ?

मस्तिष्कका कुनै कोषको अनियन्त्रित वृद्धि भएर मासुको जस्तो डल्लो बन्दा ट्युमर हुने हुँदा यो यही नै सावधानी अपनाउँदा हुदैन् भन्ने हुदैन्।

तर स्वस्थ वातवरणमा बस्ने ,विभिन्न प्रकारका रेडियसन, विकिरणबाट जोगीने, मद्यपान,धुम्रपान नगर्नाले केही हदसम्म बच्न सकिन्छ। कुनै पनि लक्षण देखिएमा वा शंका लागेमा तुरन्त न्युरोलोजिष्ट ९नशारोग विशेषज्ञ० कोमा परीक्षण गराउनुपर्छ।

साबधान, बढी मोबाइल प्रयोगले ब्रेन ट्युमर हुनसक्छ।

बच्चामा ब्रेन ट्युमर के हो रु चिकित्सा विज्ञानले अहिलेसम्म यसको ठ्याक्कै उत्तर खोज्न सकेको छैन। हालै भएको एउटा अनुसन्धानले बच्चाको कान नजिकैको मस्तिष्कमा क्यान्सरयुक्त ट्युमरको समस्या बढिरहेको छ।