नेकपा एमालेनिकट अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरूद्ध आ`न्दोलन गरेको छ । सोमबार बिहान बुटवल बहुमुखी क्याम्पस अगाडि अनेरास्ववियुका कार्यकर्ताले सडकमा विरोध गर्दै यातायात बन्द गर्नुका साथै टायर बा´` लेर ना“राबाजी गरेका छन् ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा लगातार वृद्धि गरेपछि विद्यार्थीहरूले वि` रोध गरेका हुन् । सरकारले जनतालाई पीडामाथि पीडा थोपर्न एकैपटक भारीरूपमा मूल्यवृद्धि गरेको भन्दै अनेरास्ववियु रुपन्देही अध्यक्ष शेषकान्त पोखरेलले निर्णय नसच्याएसम्म आ- न्दोलन जारी रहने बताए ।

याे पनि, साताको दोस्रो दिनआज (असार ५ गते) सोमबार नैपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदी चाहिँ स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार २ सय रुपैयाँले बढेर ९७ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै आज साेमबार तेजावी सुन प्रतितोलामा ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

यस्तै, चाँदीको मूल्य आज साेमबार भने स्थिर रहेकाे छ । आज चाँदीको मूल्य स्थिर रहदै १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।