काठमाडौं, असार ६ – राजधानी लगायत देशभर पिउने पानीको अभावको मौका छोप्दै विभिन्न कम्पनीबाट उत्पादन हुदै आएका पानीको स्टिकर टाँसी अस्वास्थकर खानेपानी बिक्री वितरण गदै आएको पाईएको छ ।

विभिन्न कम्पनीबाट उत्पादन हुदै आएका पिउने पानीको नक्कली स्टिकर बनाएर गुणस्तहिन पानी जार र बोटलमा भरी खुला रुपमा बिक्री वितरण गर्नै आएको भन्दै कारबाहीका लागि उजुरी समेत परेसंगै अबैधधन्दा बाहिर आएको छ ।

अन्य कम्पनीको ब्रान्ड प्रयोग गरी पानीको जार बेच्ने डिआइ गाडीसहित २ जना व्यक्तिहरू पक्राउ परेका छन् । काठमाडौं महानगरपालीका वडा नं १४ कलंकीस्थित सडक खण्डबाट अन्य कम्पनीको ब्रान्ड प्रयोग गरिएका पानीको जारहरू सहित प्रहरुले नियन्त्रणमा लिएको हो ।

खुल्लमखुल्ला अरु कम्पनीको ब्रान्ड प्रयोग बिक्री वितरण गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी वृत्त, कालीमाटीबाट परिचालित प्रहरी टोलीले स्पार्कलंग स्प्रिङ्क्लर नामबाट बेचबिखन भई रहेका पानीको जार र डिआइ गाडीहरुसहित सर्लाहीको लालबन्दी ५ घर भई हाल कलङ्की बस्ने वर्ष २५ को आशिष कार्की र चितवन रत्ननगर १३ घर भई हाल १३ कालिमाटी बस्दै आएका वर्ष २६ को किरण श्रेष्ठ लाई प्रकाउ गरीएको हो ।

प्रहरीले डिआइ गाडी बा ११ च.६०४५ डिआइ गाडी बा ६ च २८०४ रस्पार्कलंग स्प्रिङ्क्लर पानीको जार १९७ थान प्रकाउ गरीएको प्रहरीले जनाएको छ । सो कम्पनीले अहिलेसम्म विल विजक समेत नकाटी लाखौ रुपैयाँ राजश्व समेत छली गर्दै आएको पाइएको छ ।

खाद्य ऐन, २०२३ अनुसार प्रशोधित पिउने पानीको गुणस्तर निर्धारण गरेको छ भने प्रशोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धी निर्देशिका २०७४ खानेपानी उद्योगी, ढुवानी व्यवसायी तथा अन्य व्यवसायीहरुले अनिवार्य पालना गर्नु पर्ने व्यवस्था गरिएको छ ।

त्यस्तै उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ मा अनुचित व्यापारिक तथा व्यवसायजन्य कृयाकलाप गर्न नहुने व्यवस्था गरेको छ भने दफा १९ मा वस्तु वा सेवाको मुल्य निर्धारण सम्बन्धी व्यवस्था गरेको छ । तर सो ऐनलाई समेत लत्याउदै लामो समयदेखि अरुकै कम्पनीको स्टिकर बनाएर टाँसी बिक्री वितरण गर्दै आएको छ ।