विराटनगर –

नेपाल आयल निगमले पेट्रोल, डिजललगायत इन्धनमा गरेको चर्को मूल्यवृद्धिविरुद्ध विराटनगरमा सार्वजनिक सवारी यातायातले नै चक्काजाम गरेका गरेका छन् ।कोशी राजमार्गअन्तर्गत विराटनगरको राजवशी चोकमा सडकमा सवारी साधन तेस्र्‍याएर यातायात अवरुद्ध पारेका छन् ।

सवारी चालकहरुले बढेको मूल्य फिर्ता हुनुपर्ने माग राखेका छन् । सर्वसाधारणलाई बढेको मूल्यमा यात्रा गराउन नसक्ने उनीहरूले बताएका छन् । चक्काजामका कारण सडकमा एम्बुलेन्स समेत रोकिएका छन् ।

डिजेल र मट्टीतेलको मूल्यमा भारी वद्धि

सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा भारी वद्धि गरेको छ। आइतबार राति १२ बजेदेखि लागू भएको मूल्यमा पेट्रोल लिटरमा २१ रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा २७ रूपैयाँ बढेको छ।

यससँगै पेट्रोलको मूल्य प्रतिलिटर १९९ तथा डिजेल र मट्टीतेल प्रतिलिटर १९२ रुपैयाँ पुगेको छ। निगमले हवाई इन्धनमा पनि आन्तरिक तर्फ १९ रुपैयाँले वृद्धि गरी १८५ रुपैयाँ प्रतिलिटर पुर्‍याएको छ। हवाई इन्धनको बाह्यतर्फ भने १०० अमेरिकी डलरले मूल्यवृद्धि गरिएको छ।

खाना पकाउने ग्याँसको मूल्य भने यथावत राखिएको नेपाल आयल निगमले जनाएको छ। एलपी ग्याँसको मूल्य हाल प्रतिसिलिण्डर एक हजार ८ सय रूपैयाँ छ।निमगले यसअघि जेठ २६ गते पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको थियो। भारतीय आयल कर्पोरेसन (आईओसी) पछिल्लोपटक पठाएको मूल्य सूचीअनुसार समायोजन गरेर भाउ बढाइएको निगमले बताएको छ।

निगमका अनुसार प्रतिसिलिन्डर एक हजार ८ सयमा बिक्री भइरहेको खाना पकाउने एलपी ग्यासमा पनि उसलाई ७५१.१४ रूपैयाँ घाटा छ। ग्यासको खरिद लागत २५५१.१५ रूपैयाँ छ। नयाँ मूल्यमा बेच्दा पनि १५ दिनमा दुई अर्ब ३५ करोडभन्दा धेरै घाटा हुने निगमले बताएको छ।