दर्शक बृन्द आज हामीले पहिलो पटक गायिका अस्मिता डल्लाकोटिको मितेनी अर्थात सैना सुस्मा ढकाललाई तपाईहरु माझमा ल्याउने कोसिस गरेका छौं। जो अस्मिता विदेश जादै गर्दा एयरपोटमा अँगालो हालेर धरधरी रोयकि थीइन। अस्मिता विदेश गयपछि उनको आसु एयरपोटमा मात्र सिमीत भयन आज सम्म पनि उनको आसु अझै झर्ने गरेको हुन्छ।

मितेनी अस्मिताको यादहरुले। सामाजिक संजालमा भेट भयका अस्मिता र सुस्मा लामो समय सम्म म्यासेज र फोनमा कुरा गर्दै पहिलो पटक काठमाण्डौ मा भेट भयो। रोचक बिषय त अझै यो छ कि पहिलो भेटमै अस्मिता र सुस्माले मित अर्थात सेना समेत लगायछन। यसरी नजिकियको मित्रता बाट मितेनी अर्थात सेना सम्मको सम्बन्ध पछि गयर छुट्ने नसक्ने एउटा परीवार जस्तै बन्न पुग्यो रे।

अस्मिता डल्लाकोटि सधै जसो गित गाउन लाइभ दोहोरी र रेकर्डिङ्ग स्टुडियोमा बेस्ट हुदा सुस्माले भन्थिन रे “हे भगवान मलाई पनि गित गाउन सक्ने मिठो स्वर किन दिनु भयन मैले पनि गित गाउन सक्ने भय आजको दिनमा मैले पनि मितेनी संग संगै गित गाउन हिड्न पाउथे होलानी त्यस्तो भयको भय हामीलाई सायद एक पल पनि कतै छुट्न पर्थेन भनेर।

यसरी एकले अर्कालाई परेको बेलामा सुख दुखमा साथ दिदै गर्दा केहि समय बित्यो। अनि अस्मिता डल्लाकोटि लाई ६ महिनाको कार्यक्रम मा जानको लागी बेलायतको भिसा लाग्यो। अस्मिताले मेरो भिसा आयो भन्दा सुस्मा छागा बाट खसेजस्तै भईन। उनले आफुलाई धेरै एक्लो महसुस गर्न थालिन।

हुन त अस्मिता, रेनुका र सुस्मा उस्तै मित्रता एक अर्कामा भयपनी अहिले सम्म यी सबैलाई एक जना टाढा भयको बेलामा एक्लो महसुस गर्ने गरेको कुरा रेनुकाले पनि एस भन्दा अगाडि हामीलाई बतायकि थीइन। उता आज सुस्माले पनि गहभरी आसु खसाल्दै अस्मितालाई आफु रुदै भयपनी तपाई नरुनु है भन्दै पठायको एउटा सन्देशले साच्चै हामीलाई पनि निक्कै भाबुक बनायको थियो।

यसरी एउटा उदाहरण बनेका यी ३ जनाको मित्रता देख्दा साच्चै सबैलाई मित्रता भनेको एस्तो हुन्छ है भन्ने पनि उदाहरण बन्न सक्छ। आज हामी यसै बिषयमा रहेर अस्मिता डल्लाकोटिको मितेनी सुस्मा ढकाल संग बसेर अस्मिता विदेश भयकि मितेनिको कथा तपाई माझमा पस्किने कोसिस गरेका छौं। बाकि तलको पुरा भिडियो हेर्नुहोस।