बहुचर्चित सञ्चारकर्मी चर्चित टेलिभिजन पत्रकार रवि लामिछाने आसन्न संसदीय चुनाव लड्ने भएका छन् । लामिछानेले काठमाडौंबाट चुनाव लड्न ग्यालेक्सी टीभी छाडेका हुन् ।

आगामी प्रतिनिधि सभा चुनावमा स्वतन्त्र उम्मेदवार बन्ने तयारीमा रहेका लामिछानेले टीभी छाडेका स्रोतले बताएको छ । बिहीवार खादा लगाएर उनी टेलिभिजनबाट बिदा भएका छन् । आमजनताको सरोकारका विषय उठाउँदै आएका उनको ‘सिधा कुरा’ नामक कार्यक्रम चर्चित छ ।

टेलिभिजन छाड्नुअघि सहकर्मीहरूसँगको मिटिङमा लामिछानेले राजनीतिमा लाग्ने बताएका छन् । आज बेलुका प्रशारण हुने सिधा कुरा आफ्नो अन्तिम कार्यक्रम हुने उनले बताएका थिए ।

’उहाँले आजको मीटिङमा टीभी छाड्ने र राजनीतिमा जाने कुरा गर्नुभएको छ, बाँकी भावनात्मक कुराहरू भए,’ ग्यालेक्सी टीभीका एक कर्मचारील भने, ’कुन क्षेत्रबाट चुनाव लड्ने भन्ने कुरा भने केही बताउनुभएन ।’

उनले काठमाडौं– ५ वा २ बाट चुनाव लड्ने योजना बनाएको उनका सहयोगीहरूले बताएका छन् । काठमाडौं २ एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र काठमाडौं ५ एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चुनाव जितेको क्षेत्र हो । अध्यक्ष नेपाल यसपटक रौतहटबाट चुनाव लड्ने सम्भावना भएपनि पोखरेल भने काठमाडौं ५ मै उम्मेदवारी दिने तयारीमा छन् ।

साइग्रेस पोख्रेलले पनि उनको निकै प्रसंसा गरेको बुझिन्छ। उनले एउटा यस्तो यथार्थ पस्किएका छन् जुन समय अनुकुल छ। उनले केहीदिनमा एउटा कथाको रूपमा आमाको उक्त बाक्यलाई पस्कने निर्णय गर्दै भन्छन् –

रबि लामिछानेको कथा मैले मेरो आमाबाट सुनेको छु: त्यति बेला यिनी म जस्तै भर्खर सिक्दै गरेका केटाकेटी नै थिए । एकनासे र एउटै ढङ्गका चलिरहेका नेपाल टेलिभिजनको कार्यक्रमहरु मध्ये त्यति बेला यिनीले जोखिम मोलेर फेवातालको बिचमै गएर कार्यक्रम ल्याए र साबित गरे एकै किसिमको परम्परागत कार्यक्रम ल्याउन पर्छ भन्ने छैन प्रबिधीको सहि सदुपयोगले दर्शकलाई नयाँ स्वाद पनि पस्किन सकिन्छ र पैदा गरेका थिए केहि नयाँ तरङ्ग!

अहिले उनी त्यहि आँट र विस्वासका साथ पुरानो राजनितीको कोर्ष परिवर्तन गर्न नयाँ यात्रामा निक्लेका छन्। मेरो र रबि लामिछानेको ७ महिना अगाडिको यो भेटमै यिनले आफू यो यात्रामा आउने र त्यसको तयारी चल्दै गरेको बताएका थिए, यो कुराले खासै मेरो ध्यान केन्द्रित गरिसकेको थिएन त्यत्तिकैमा यिनीले एक यस्तो वाक्य बोले जस्ले गर्दा यिनीप्रतीको मेरो हेर्ने दृष्टिकोण नै परिवर्तित भयो।