नुवाकोटको ताँदी गाउँपालिका–४ घिरौलेभिरमा आज स्कुटर दुर्घटना हुँदा चालकको मृ- त्यु भएको छ ।

मृ- त्यु हुनेमा नुवाकोटकै दुप्चेश्वर गाउँपालिका–६ समुन्द्रटार बस्ने ३५ वर्षीया राधिका अचार्य रहेकी छन् ।

समुन्द्रटारबाट खरानीटारतर्फ आउँदै गरेको बा ९७ प ६९२५ नम्बरको स्कुटर आज बिहान ११ बजे अनियन्त्रित भइ सडकबाट एक सय मिटर तल तादीखोलामा खसेको इलाका प्रहरी कार्यालय खरानिटारले जानकारी दिएको छ ।

याे पनि, नुवाकोटको दुप्चेश्वर गाउँपालिका–६ का राधिका आचार्यको आज विद्यालय पढाउन जाँदै गर्दा ल`डेर मृ` त्यु भएको छ । तादी गाउँपालिका–४ स्थित सुन्दरा माध्यमिक विद्यालयमा पढाउन जाने क्रममा ३५ वर्षीय आचार्य चढ्नु भएको स्कुटर दुर्घ“ टना भइ भिरबाट खस्दा तादी खोलाले बगाएर उहाँको मृ“ त्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार तादी–४ स्थित पागेंपाखा भन्ने ठाउँमा पुग्दा आचार्य चढ्नुभएको बा.९७ प ६९२५ नं स्कुटर अनियन्त्रित भएर दुर्घ“ टना भइ भिरबाट ख`सेर तादी खोलामा पुगेर बगाउँदा शिक्षिका आचार्यको मृ` त्यु भएको हो । घ`टनास्थलभन्दा ५०० मी. तलबाट उद्धार गरे पनि उहाँलाई बचाउन नसकिएको प्रहरीले जनाएको छ । उहाँ उक्त विद्यालयमा निमावि तहमा स्थायीशिक्षकका रुपमा कार्यरत हुनुहुन्थ्यो ।