काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएको महिना दिन बित्न नपाउँदै बालेन साह कडा रुपमा प्रस्तुत हुन थालेका छन् । उनले आफु मातहतकै कर्मचारीहरुबाट कडाई सुरु गरेका हुन् । कर्मचारीहरु बाट हुनसक्ने अनियमिता र सेवाप्रवाह ढिलाइप्रति कडाई गर्न थालेका छन् ।

काम ठगेर बस्ने, समयमा कार्यालय नआउने लाई बालेनले बिशेष निगरानी गर्न सुरु गरेका छन् । कर्मचारीको छड्के जाँच समेत गर्न थालेका छन् । उनले अहिले सम्म ४ जना कर्मचारीलाई स्पष्टिकरण सोधि सकेका छन् । त्यस्तै जति हाजिरी हुन्छ त्यती नै दिनको तलब बितरण गरिने पनि बालेनले जनाएका छन् ।

उपस्थित भएका दिनको मात्र तलब दिनु भनि मातहतका सबै विभाग र वडालाई महानगरपालिकाले पठाएको सूचनामा भनिएको छ । महानगरका निर्देशक नवराज थापाका अनुसार महानगरको सबै विभाग र नगद कारोबार हुने कार्यालय स्थानमा सीसी क्यामेरा राख्न थालिएको हो ।यस्तै रत्नपार्क, बालाजुमा रहेको राजश्व काउन्टरमा पनि सीसी क्यामेरा राख्न सुरु भइसकेको थापाले जानकारी दिए ।-तस्विर:फाइल।