कपिलवस्तुको सदरमुकाम तौलिहवास्थित कपिलवस्तु अस्पतालको कर्मचारीले प्रयोग गर्ने शौचालयमा नवजात शिशुको श”व फेला परेको छ । जिल्ला प्र’हरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बिहान ९ः३० बजे ईनडोर रुमको बिरामी भर्ना गर्ने कक्ष शौचालयको डस्टविनभित्र फालेको अवस्थामा शव फेला परेको बताए । करिब ७ महिनाको नवजात शिशु सालनालसहित डस्टविनमा फे’ला परेपछि थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जेसी शाहले बताए ।

घ”टनास्थलको सुक्ष्म अनुसन्धान भइरहेको साथै अस्पतालमा रहेको सीसीटिभी फुटेज निकालेर अनुसन्धान सुरु भइरहेको प्रहरीले जनाएको छ । lumbini hub सागर वि.क.(वैखरी अनलाईन) : बाणगंगा नगरपालिकामा बीउ बिजन उत्पादन तथा व्यवस्थापन सम्बन्धि अभिमुखिकरण तालिम सम्पन्न भएको छ । नगरको आयोजनमा भएको उक्त ३ दिने अभिमुखिकरण तालिम नगरको सभाहलमा बुधबार सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा कृषि बालीहरुमा प्रयोग गरिने विषादीको बारेमा विस्तृत छलफल गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थीले जानकारी दिनुभयो । उहाँले बाणगंगा नगरपालिका कृषिका दृष्टिकोणले धेरै सम्भावना बोकेको क्षेत्र भएको बताउनुभयो ।

बाणगंगामा कृषि उत्पादनलाई थप वृद्धि गर्न नगरपालिका कृषकलाई सहयोग गर्न तयार रहेको उहाँले बताउनुभयो । उहाँले कृषि बाली उत्पादका लागी बाणगंगामा उर्वर भूमि भएकाले यसको सदुपयोग गर्दै अघि बढ्ने आवश्यकता रहेको बताउनुभयो ।

बाणगंगामा कृषि उत्पादनलाई थप वृद्धि गर्न जरुरी समेत उहाँले बताउनुभयो । ‘बाणगंगामा कृषि उत्पादनलाई थप वृद्धि गर्न जरुरी छ, जसमा नगरपालिकाले थप योजना बनाउँदै छ ।’ उहाँले भन्नुभयो ।