शरीरमा रगतको कमी भएपछि विभिन्न प्रकारको रोगले सताउने गर्दछ। महिलाहरुमा सबै भन्दा धेरै रगतको कमीको समस्या देखिन्छ। रगतको कमीलाई एनिमिया भनिन्छ। यसले शरीरमा आयरनको कमी हुन्छ र रगत बन्न कम हुँदै जान्छ। वास्तवमा एनिमियाको कारण भनेको अनियमित जीवनशैली र खानपान हो। जब शरीरमा रगतको कमी हुन शुरु हुन्छ तब मानिस एनिमियाको शिकार बन्छ।

एनिमियाको लक्षणहरु चिन्न धरै गार्हो छैन, किनभने यो सजिलैसंग थाहा हुन्छ एनिमिया भएपछि शरीरमा हरेक समय थकान अनुभव हुन्छ। उठ्दा र बस्दा चक्कर लाग्छ र बेहोश हुने पनि एनिमियाको लक्षण हो। एनिमिया भएपछि आँखा र त्वचामा पहेलोपन हुन्छ र सास फेर्न पनि अप्ठ्यारो हुन्छ। शरीरमा कमजोरी आउनुसंगै प्रायजसो अलिकति हिड्दा पनि सास फुल्न थाल्छ।

एनिमियाबाट बच्न सबैभन्दा राम्रो तरिका आफ्नो खानपानमा ध्यान दिनुपर्छ । आफ्नो खानामा हरियो सागपात पनि समावेस गर्नुपर्छ । चुकन्दर, गाजर, टमाटर र पत्ता भएको साग धेरै सेवन गर्नुपर्छ। शरीरमा आइरनको मात्रा बढाउने खाना खानुपर्छ र क्याल्सियमको धेरै सेवन गर्नुहुँदैन।

शरीरमा रगतको कमी हुँदा खानुहोस् यी चिज

हरियो सागपात
पालुङ्गोको साग, ब्रोकाउली, मेथी, सिमी र हरियो केराउ जस्ता गाढा रंग भएका तरकारीहरु आइरनको राम्रो स्रोत हो। तर, पालुङ्गो जस्ता केही हरियो पात भएका तरकारीमा आइरनसँगै एगलेट नामक तत्व पनि पाइन्छ।

जसका कारण शरीरलाई आइरन ग्रहण गर्न बाधा पुर्‍याउँछ। त्यसैले हरियो पात भएको तरकारीसँग भिटामिन सी पनि सेवन गर्नु आवश्यक हुन्छ। किनभने भिटामिन सीले आइरनलाई शोषित गर्न सहयोग पुर्‍याउँछ।

रातो मासु
यदि तपाईं मांशाहारी हुनुहुन्छ भने तपाईंले खानामा रातो मासुलाई समावेश गर्न सक्नुहुन्छ । रातो मासु पनि आइरनको सर्वोत्तम स्रोत हो। आफ्नो शरीरलाई स्वस्थ राख्न र आइरनको कमीलाई कम गर्नका लागि रातो मासुको सेवन गर्नुपर्छ।

ओट
ओट पनि आइरनके उत्तम स्रोत हो । एक कप ओटमा ९ मिलिग्राम आइरन हुन्छ। जुन प्रि-मेनापोजको क्रममा रहेका महिलाहरुका लागि आधा आइरन बराबर हुन्छ।

आलु
जब आइरन पर्याप्त प्राप्त हुने खाद्य पदार्थको कुरा आउँछ। हाम्रो दिमागमा हरियो सागपात र मासु मात्र आउँछ। तर, तपाईंलाई यो कुरा सुनेर आश्चर्य लाग्नसक्छ।

कागती
कागतीमा भिटामिन–सी पर्याप्त मात्रामा पाइन्छ। यसले शरीरमा हेमोग्लोबिनको स्तर बढाउँछ।

ओखर
ओखरमा ओमेगा ३ फ्याटी एसिडको मात्रा धेरै हुन्छ। यसबाहेक ओखरमा क्याल्सियम, म्याग्नेरियम, फाइबर र भिटामिन-बी पयाप्त मात्रामा पाइन्छ । यसको सेवन गर्नाले तपाईं शरीरमा हेमोग्लोबिनको कमी पूरा गर्न सकिन्छ।

बदाम
१० ग्राम भुटेको बदाममा शून्य दशमलव पाँच मिलीग्राम आइरन हुन्छ। यसबाहेक बदाममा क्याल्सियम र म्याग्नेसियम पनि पाइन्छ। यसको सेवन गर्नाले हेमोग्लोबिनको कमी पूरा गर्न सकिन्छ।