बाघलाई डा`र्ट गरेर नियन्त्रणमा लिने सहमतिपछि चितवनमा बाघको आ“ क्रमणबाट मृ- त्यु भएकी महिलाको श- व उठाइएको छ । प्रहरीले अहिले श` व पो`ष्टमर्टमका लागि भरतपुर अस्पताल लगेको बताएको छ ।

बाघले भरतपुर महानगरपालिका-२७ मेघौलीस्थित राधा कृष्ण सामुदायिक वनमा निउरो टिप्न गएकी २३ वर्षीया रेखा बस्नेतलाई आ“ क्रमण गरेको थियो । उनी बिहान ७ बजेतिर जंगल गएकी थिइन् । साढे ८ बजेतिर बाघले आ“ क्रमण गरेको थियो ।

निकुञ्ज सुरक्षार्थ खटिएको सेनाले हवाई फायर गर्दै बाघलाई लखेटेर श“ व निकालेका थिए । प्रहरीले श` व पो`ष्टमर्टमका लागि भरतपुर अस्पताल लैजान लाग्दा स्थानीयले वि`रोध गरेका थिए । उनीहरूले बाघलाई डा` र्ट गरेर नियन्त्रणमा लिएपछिमात्रै श` व लैजान भन्दै वि`रोध गरेका थिए ।

चितवनमा बाघको आ“ क्रमणबाट पछिल्लो तीन महिनामा १० जनाको मृ“ त्यु भएको छ । केही दिन अघिमात्रै बाघको आ“ क्रमणबाट भरतपुर-२३ र राप्ती नगरपालिकामा १/१ जना घा´ इते भएका थिए ।

यसैबीच, चितवन राष्ट्रिय निकुञ्जको टोली हात्तीमा चढेर बाघ खोज्न जाने तयारी गर्दैछ । उक्त टोलीमा निकुञ्जका कर्मचारी, सेना, राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु चिकित्सक तथा कर्मचारी छन् ।

हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।। तपाइको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ ।