यतिबेला मिडियामा र्याप्पर जी-बबले आफ्नै आमाको विरुद्धमा बोलेको विषयलाई लिएर एकदम नै धेरै चर्च भएको छ। त्यसै क्रममा कलाकार जय किशन बस्नेतलाई यस विषयमा सोध्दा उनी यसो भन्छन् ,’ मैले पनि थुप्रै अनलाइन मीडियाहरुमा त्यो भाइको भिडियो हरु हेरे तर धेरै नराम्रो लाग्यो त्यतिको क्षमता भएको मान्छेले आफ्नै आमाको त्यस्तो कुरा बोल्नु राम्रो हुँदै होइन।’

जय किशन बस्नेतले जी बब लाई भने ए मेरो हजुर ३ मा रहेको जी बबको’ मिलेन लेभल तेरो बाउ बोला ए ‘ भन्ने गीतबाट चिनेका रहेछन्। जय किशन बस्नेतलाई जी बबले पछिल्लो समय उनले आफ्नु आमाको चरित्र हत्या गर्ने गरी बाउ आमा नै चाहिँदैन भन्नु कत्तिको जायज हो भनेर सोध्दा उनी यसो भन्छन्।

‘ आलोचना गर्ने काम गरे पछि आलोचित त भैहाल्छ नि जतिसुकै राम्रो मान्छे भए पनि। जी बबको भविष्यका लागि भनेर उनको बुबा पनि दुबई मा वर्षै देखि वैदेशिक रोजगारीको क्रममा रहेछन्। जी बबको नै गल्ती छैन तर उसले हिड्ने गरेको दिनहरू बिताउने साथी संगतको गल्ती हो सबै। साथै वहाँ लागूऔषध प्रयोग गर्ने व्यक्ति पनि हुनुहुँदो रहेछ त्यसैले उनलाई गाइड गर्ने मान्छे चाहिने रहेछ।’

हाम्रो समाज यतिसम्म अराजक भइसकेको छ कि पहिले पहिले मान्छेहरू लाई लागू औषध खाने मान्छे कहिले यसरी बाहिर आएर खुलमखुल्ला हो म लागू औषध खान्छु भनेर भन्नु त कति सम्मको चुनौती हो हाम्रो समाजको लागि। अब जी बबलाई बचाउन उनकै साथी संगत देखि छुटकारा भयो भने मात्रै उनी बाँच्ने छन् नत्र भने त ऊ अझै धेरै फस्दै जान्छ।

त्यस्तै जय किशनले यसो भनेका छन्,’ जे गर्छ पैसाले गर्छं सबै भएको पैसामा तालमेल नमिलेर भएको हो। आमाबुबा, साथीभाई, दिदीबहिनी, दाजुभाई सबैको सम्बन्ध बिगार्ने नै पैसाले हो। यहाँ कसैको गल्ती छैन गल्ती छ त मात्रै एक नम्बरमा पैसाको अनि दुई नम्बरमा ड्रग्सको।’

भिडियो हेर्नुस :-