सरकारले आज देखि हप्ताको दुई दिन बिदा दिने निर्णय खारेज गरेको छ। । जेठ १ गतेदेखि लागू भएको हप्तामा दुई दिने बिदा र बिहान ९ बजेदेखि बेलुका साँढे ५ बजेसम्म कार्यालय खोल्ने निर्णय कार्यान्वयन गर्न जटिल भएको भन्दै सरकारले यो निर्णय खारेज गरेको हो।

बुधबारबाट बिदा र कार्यालय समय पुरानै कायम गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसरा निर्णय खारेज भएसँगै असार १ देखि कात्तिक १५ गतेसम्म बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म र कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सरकारी कार्यालय खुल्ने छन् ।

यो पनि

उड्दै गरेको प्लेन भित्र शिशुको जन्म कतिबेला कुन घटना हुनसक्छ यसबारे यकिनका साथ भन्न सकिँदैन । जीवनमा कैयौं पटक यस्ता घटना हुन्छन् जसको कल्पना समेत गरीएको हुदैँन । यस्तै एक घटना अमेरीकामा उडिरहेको जहाज भित्र भएको छ ।

हजारौं फीटको ऊचाईमा एक महिलाले हवाइजहाजमा यात्राको क्रममा बच्चालाई जन्म दिएकि छन् । ति महिलालाई विमानकी परिचारिका (एयरहोस्टेज)ले समेत सहायता गरेकि थिइन् ।

डेनवर इन्टरनेशनल एयरपोर्टबाट अरल्याण्डो इन्टरनेशनल एयरपोर्ट जादै गरेको विमानमा एक गर्भवती महिला पनि सवार थिइन् । उनलाई उडानकै क्रमाम व्यथाले च्यापो । ति महिलाको अवस्थालाई देखेर डायना गिराल्डो नामक एयरहोस्टेजले तत्काल सहायता गर्न थालिन् । उनको यो सहयोगको विश्वभर चर्चा र तारिफ भएको छ ।

डायनाले ति महिलालाई विमानको पछाडीपट्टीको बाथरुम छेउको खुल्लामा लगिन् र उनलाई आराम दिलाइन् । यतिकैमा विमानका पाइलटले सहजताको मध्यनजर गर्दै हवाइजहाजलाई डाइवर्ट गरेर पेंसाकोला एयरपोर्ट पुर्याए । जहाँ पहिल्यै तयार रहेका पैरामेडिक्स समुहले उनलाई सहायता गर्याे । उनीबाट जन्मिएकि शिशुको नाम स्काइ राखिएको छ ।