धनकुटा जीतपुर निवासी पूर्ण कुमार लिम्बु विगत एक वर्ष देखि नाताले बुहारी पर्ने एक जना आफन्तलाई लिएर फरार भएका रहेछन् तर परिवारबाट खोजी कार्य जारी राखेर उनको अहिले बस्ने गरेको ठेगाना भने मोरङको विराटनगर रहेको पत्ता लागे पछि उनलाई भेट्ने उनको परिवार विराटनगर पुगे पछि पूर्ण कुमार भाँडामा बस्ने गरेको घर समेत छोडेर हिँडेका रहेछन्। पूर्ण कुमारका श्रीमती मुना अधिकारीका अनुसार उनकाे श्रीमानले आआफ्नै भदैनी बुहारी लिएर फरार भएका रहेछन्। उनीहरूको एक छोरा र एक छोरी समेत रहेछ।

उनीहरूले भागेर अन्तरजातीय बिबाह गरेका रहेछन् साथै पूर्ण कुमार पहिले प्रहरीमा कार्यरत रहेछन् तर उनलाई नक्कली सर्टि फिकेटका आरोपमा प्रहरीबाट निष्कासन गरीएको रहेछ।

श्रीमती मुना अधिकारीलाई अब तपाईको इच्छा के छ त भनेर सोध्दा उनी यसो भन्छिन्,’ अब वहाँलाई बहु बिबाहको मुद्धा हा ल्ने हो त्यसपछि म वहाँ सँग बस्न सक्दिन किन भने पहिले प नि मलाई जाँड रक्सी खाएर आएर धेरै पिट्ने गर्नु

हुन्थ्यो तेसैले अब म मेरो अधिकार लिएर वहाँ सँग छुटिएर बस्छु।’ पूर्ण कुमार आफ्नु घर बाट छाेरी अनि श्रीमती सहित ससुराली लिएर आइरहेको छन् भन्ने थाह पाएर उनी विराटन गरमा बस्ने गरेको भाँडाको कोठा बाट पनि आफ्नु सामान सहित भगाएको श्रीमती

लिएर बिहानै हिडे पछि उनको छोरी र श्रीमतीले आफ्नु बाबा अनि श्रीमानलाई कतै देख्नु भयो भने सम्पर्क गरिदिनु हुन आ ग्रह समेत गरेका छन्। विवाहित छाेरी भने यसो भन्छिन्,’ बाबा को पहिले देखी नै बानी चै केटी सँग लाग्ने हिड्ने गर्नु हुन्थ्यो त्यही भएर कहिले

घरमा राम्रो सम्बन्ध भएन हामी सँग पनि ममी सँग पनि। पहिले देखी नै हामीलाई पनि पिट्ने अनि ममीलाई पनि पिट्नु हुन्थ्यो। अब ममी र भाइको बिजोक भएको छ भाइले पढ्न पाएको छैन त्यही भएर हामीले बाबालाई सम्पर्क गर्न खोजेको हो।’