काठमाडौँ – काठमाडौँ महागरपालिकाका मेयर बालेन्द्र शाहले लेखेको एउटा स्टाटस् भाइरल भएको छ । सोमबार बेलुकी ८ बजेर १७ मिनेट राखेको स्टाटस् भाइरल भएको हो ।

उनले आफ्ना मनका बहहरु पोख्दै जिम्मेवारीले गर्दा व्यस्तता बढेको बताएका छन् । साथै, जिन्दगी पनि सहज नबेको उनको भनाई छ । साना बालबालीकासँग फुटबल खेल्दै गर्दाको सानो भिडियो क्लिप सहित बालेनले आफ्ना कुराहरु सेयर गरेका छन् ।

आफू सामान्य जीन्दगीमा रमाउँन चाहेको भन्दै उनले अहिले केहि असामान्य जस्तो देखिएको भनेका छन् ।मेयर शाहले लेखेको स्टाटस छोटो समयमै सामाजिक संजालमा भाइरल भएको छ ।

उनको स्टाटसमा दशौँ हजार लाइक आएको छ भने प्रतिक्रियाहरु पनि निकै ठूलो संख्यामा आइरहेको छ । प्रतिक्रिया दिनेहरुले उनीबाट ठूलो आशा देखिएको भन्दै सफलताको शुभकामना दिइरहेका छन् ।

मेयर शाहले आफ्नो सामाजिक संजालमा यस्तो लेखेका छन्, ‘चाहना यो हो कि म यसरी नै जहाँ पनि पुग्न सकौँ सँधै । साना भाईबहिनीहरु गल्लिमा खेल्दै गर्दा म त्यहिँ पुगौँ । घरघरमा आराम हुनुहुन्छ भन्दै पुगौँ । हरेकले सुनाउनु पर्ने समस्याका कुरा सहजै सुन्न सक्ने ठाउँमा भइरहुँ । म पुग्नै नसक्ने र भेट्नै नसक्ने बन्न नपरोस् ।
आममान्छेको प्रतिनिधी मात्रै हु म । आममान्छे जस्तै हुन सकौँ ।’

उनले अगाडि लेखेका छन्, ‘सम्भवतः अहिले नयाँ भएर, धेरै चासोले गर्दा, व्यस्त भएर, समय अभावले गर्दा अलिक, असामान्यु भइरहेको जस्तो लाग्छ । अहिलेको दौडधुप र हतारो त्यो बनाउनका लागि हो कि कुनै दिन महानगरको व्यवस्थापन यति नियमित बनोस्, मेयर फुर्सदिलो बनोस् । अनि यसरी नै भेटियोस् । र, महानगर आफ्नै गतिमा सहज ढंगले अगाडि बढिरहोस् । सपना यति हो । चाहना यति हो । लक्ष्य यति हो ।’