डडेल्धुरामा देवर र भाउजू एउटै रुखमा झु“ न्डि एको अवस्थामा फेला परेका छन् । डडेल्धुराको आलिताल गाउँपालिका–५ भावर बस्ने पशुपति बिक र गणेश बिकको एउटै रुखमा झु“ न्डिएको अवस्थामा फेला परेका हुन् ।

आलितालको वडा नम्बर ३ र ५ को सीमाना रेला पुल नजिक रहेको कैलाश समैजेश्वर सामुदायिक वनमा उनीहरूको श“व फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । घ`टनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

त्यसैगरि, कास्की, मोरङ र काभ्रेपलाञ्चोकमा तीन जना मृ“ त अवस्थामा फेला परेका छन् । कास्कीको पोखरा महानगरपालिका–१३ स्थित दुई कुलोको मुहानमा सोही ठाउँ डेरा गरी बस्ने लमजुङ भोजे घर भएका ५७ वर्षीय लाल बहादुर गुरुङ आइतबार मृ“ त अवस्थामा फेला परेका छन् ।

मोरङको सुनवर्षी नगरपालिका–३ सुरत बस्ने ४९ वर्षीय मङजोल भन्ने सिडो टुडु सोही नगरपालिका–४ स्थित खेतमा आइतबार मृ“ त अवस्थामा फेला परेका छन् । काम गर्न भनी शनिबार उक्त खेतमा गएका उनी फर्कि नआएपछि खोजी गर्ने क्रममा उनको श` व फेला परेको हो ।

काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–३ सौर्य बस्ने ५० वर्षीय शेर बहादुर घले आफ्नै घरबाट करिब एक सय मिटर टाढा रहेको सडकमा आइतबार मृ“ त अवस्थामा फेला परेका छन् । घ`टनाहरुको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।