काठमाडौँ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह द्रुत गतिमा आफ्ना काम कारवाहीहरुलाई अगाडी बढाउने ध्याउन्नमा लागेका छन् । यसै क्रममा शाहले डेढ वर्षभित्र काठमाडौँ महानगर क्षेत्रमा विद्युत्का तार ‘अन्डरग्राउन्ड’ हुने बताएका छन् ।

महानगर कार्यपालिकाको दोस्रो बैठकमा प्रमुख शाहले सडक, विद्युत् र खानेपानीका प्रमुखलाई राखेर आफूले बैठक आयोजना गरेको र सो बैठकमा विद्युत् प्राधिकरणका तर्फबाट यस्तो प्रतिबद्धता जनाइएको जानकारी दिए ।

उनले हरेक महिनाको पहिलो सोमबार सडक, विद्युत्, खानेपानी लगायतका निकायका प्रमुखसँग बैठक आयोजना गर्ने र त्यसमा एक आपसबिच सहकार्यको समीक्षा गरिने बताए । सडक, खानेपानी, विद्युत् प्राधिकरण लगायतका निकायले गरेका कामको अनुगमन महानगरले गर्ने र एकीकृत योजनाका अनुसार ती सबै निकायले समन्वयात्मक ढङ्गले काम गर्ने पनि महानगर प्रमुख शाहले बताए ।

फोहोरको व्इबस्थापन, पानीको विकल्पमा काम गरिरहेका बालेनले सुन्धारास्थित धराहरा क्षेत्रको अनुगमन गरेका छन्।

सुन्धारामा सुनको धाराबाट पानी झार्ने घोषणा गरेका मेयर शाहले सुन्धारास्थित धरहरा र लुँहिटीको मेयर शाहले निरीक्षण गरेका हुन्। उनले काठमाडौं उपत्यका खानेपानी लिमिटेडसँग समन्वय गरेर पानी ल्याउनका लागि पहल थालेको स्रोतको भनाई छ ।

केयूकेएलमा भनेको मेसिन सोधेर टुँडिखेलबाट पानी ल्याउने व्यवस्था गर्नका लागि उनले निदेृशन समेत दिइसकेका छन् । सो अवसरमा मिडियालाई आफ्नो प्रतिक्रिया दिँदै मेयर शाहले भने पानी धरहरा र सेता टावरको आ–आफ्नै महत्व छ ।

शाहले भने आफ्नो आमा बुबा अशक्त भए भन्दैमा आमा–बुबा भन्न छोड्नु भएननी त्यसैले धरहरा,धरहरा हो सेतो टावर, सेतो टावर नै हो । टुँडिखेलबाट पानी ल्याउने कुरामा नेपाली सेनाले पनि मेयर शाहको यो अभियानलाई सहयोग गर्ने बताइएको छ ।

शाहले यसबारे प्रधानसेनापति प्रभुराम शर्मासँगको भेटमा कुरा राखेको र सेना सकारात्मक भएको बुझिएको छ ।

यस्तै बैठकमा उनले सिसडोलस्थित फोहोर विसर्जनस्थलमा जैविक केमिकल प्रयोग गरिने बताए । त्यसले वातावरणमा असर नपर्ने उनको भनाइ छ ।

“सिसडोल एक महिनाभित्र दुर्गन्धरहित हुन्छ भनेर काम अघि बढाएका छौँ । जैविक केमिकल प्रयोग गर्दै छौँ । जसले वतावरणमा असर पार्दैन,” उनले भने, “सफा पानी मात्र खोलामा जाने बनाउँदै छौँ ।”

तीनपिप्लेदेखि बन्चरेडाँडाको बाटो निर्माणकार्य असारको पहिलो हप्तादेखि सुरु हुने उनले जानकारी दिए । बन्चरेडाँडामा फोहोर व्यवस्थापनका लागि योजनाअनुसार काम भइरहेको उनले उल्लेख गरे