काठमाडौं । नुवाकोटको ककनी गाउँपालिकाको एक विद्युत पोलमा चढेका ४४ वर्षका माइला विक ६को घण्टापछि हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।
मानसिक सन्तुलन ठिक नभएका माइला बिहान करिब ११ बजेतिर स्थानीयले विक बिजुलीको पोलमा चढेको जानकारी पाएका थिए ।
उनी विद्युतको तारमा रहेको थाहा पाएपछि माथिल्लो त्रिशुली थ्री ए र साना जलविद्युत आयोजनाको प्रसारणलाइनमा विद्युत् प्रवाह बन्द गरिएको थियो ।
प्रहरी र स्थानीय बासिन्दाले उनलाई बिहानैदेखी सकुसल तल झार्न अनेक प्रयास गर्दा पनि विकले मानेका थिएनन् ।
उनलाई बिशेष सावधानीका साथ हेलिकप्टर मार्फत तल झारीएको छ ।
विकको मानसिक सन्तुलन गुमेको छ । स्थानीयले बिहान ११ बजे बिजुलीको पोलमा चढेको देखेपछि खबर गरेका थिए । त्यसको केहीबेरपछि उनी तारमा झुन्डिएर यता र उता गरिरहेका थिए ।