काठमाडौँ । प्याज निकै सजिलै पाइने खाद्य वस्तु हो । धेरैजसो मानिसहरु यसको तिखो गन्ध र काट्दा आँसु आउने भएकाले यसलाई रुचाउँदैनन्। तर प्याज कपालका लागि निकै लाभदायक मानिन्छ।

प्याजमा पाइने सल्फरले कपालको जरालाई पोषण दिन्छ जसले कपालको विकासमा मद्दत गर्दछ। त्यसकारण धेरैजसो मानिसहरु कपाललाई लामो बनाउनका लागि प्याजको रस लगाउने गर्दछन्।

प्याजमा पाइने एन्टी–ब्याक्टेरियल गुणका कारण यसको रस कपालमा लगाउँदा कपाल झर्न रोकिने र टाउकोको संक्रमण आदिबाट जोगाउन मद्दत गर्दछ।

यो घरेलु उपायले कपाल चम्किलो र बलियो बनाउनका लागि निकै अद्भुत तरिकाले काम गर्दछ। यदि तपाईं पनि आफ्नो कपाललाई स्वस्थ, चम्किलो र लामो बनाउन चाहनुहुन्छ भने प्याजको रसले बनाएको हेयर प्याकको प्रयोग गर्नुहोस्।

प्याजको रसः
प्याजको रस निकालेर त्यसलाई आफ्नो टाउकोको छालामा लगाएर २०–३० मिनेटसम्म यत्तिकै छोड्नुहोस्।

यो क्रममा आफ्नो टाउकोलाई रुमालले बेर्नुहोस् ता कि कपालको जराले प्याजको रस सोस्न सकोस् । त्यसपछि स्याम्पुले राम्रोसँग नुहाउनुहोस् ।

प्याजसँग बियरः
बीयरले तपाईंको कपाललाई प्राकृतिक रुपमा चम्किलो बनाउँछ। प्याजको रसलाई बियरमा मिसाएर लगाउँदा कपाल निकै चाँडै बढ्नुका साथै चम्किलो पनि हुन्छ। कपाललाई बढाउनका लागि यो उपायलाई एक हप्तामा दुई पटक प्रयोग गर्नुहोला ।

प्याज र नरिवलको तेलः
तेलसँगै प्याजको रसलाई मिसाएर लगाउँदा कपाल राम्रोसँग बढ्छ र कपालले पर्याप्त पोषण पनि पाउँछ।

प्याजको रसलाई तेलसँग मिसाएर टाउकोमा मसाज गर्नुहोस्। त्यसपछि रुमाललाई मनतातो पानीमा डुबाउनुहोस्, मज्जाले निचोर्नुहोस् र कपाललाई बेर्नुहोस्।