पछिलो समय धेरै नै चासोकि बिषय बनेको नायिका मिरुना मगर फुर्पा लामाको बिषयमा अहिले धेरै टिका टिपणी भयको छ नायिका र फुर्पा लामा लाई पछाडी बाट धेरैले उकासे को समचार प्रप्त भएको छ

तेस्तै यसै बिषयलाई लियर अहिले संचारकर्मी विश्व लिम्बु (युटुवर) लाई अभिनेत्री मिरुना मगर र भिक्षु फुर्वा तामाङको विषयमा समाचार प्रकाशन र प्रसारण गरेको विषयलाई लिएर
अहिले अपरिचित व्यक्तिहरुबाट फोनमार्फत ‘मेरो अनलाइन टेलिभिजन’ कार्यालयको स्थान सोध्ने, समुहगत रुपबाट नै प्रत्यक्ष अप्रत्यक्ष धम्की आइरहेका कारण पत्रकार लिम्बुले आफु असुरक्षित महसुस गरेका बताएका छन् ।

राम्रै काम गर्दै आएका पत्रकार विश्व लिम्बुले यस विषयमा राज्य, नेपाल प्रहरी, प्रेस काउन्सिल, पत्रकार महासंघ, फोनिज र आफ्नो जातिय सर्वोच्च संस्था किरात याक्थुङ चुम्लुङ लगायतका सम्बन्धित सबै सरोकारवाला निकायको ध्यानाकर्षण समेत गराएका छन् ।

अहिले मेरो अनलाइन टिभीका संस्थापक अध्यक्ष लिम्बुले सामाजिक संजाल फेसबुक पेज मार्फत समाचार प्रकाशन, प्रसारण गरेकै आधारमा तारान्तार अपरिचित व्यक्तिहरुबाट समुहगत रुपमा आफुलाई अनावश्यक प्रश्न गरिरहेको उनले बताएका छन् ।

उनले फेसबुकमा लेखेका छन् “अभिनेत्री मिरुना मगर र भिझु प्रकरणमा समाचार प्रकाशन, प्रशारण गरैकै आधारमा ज्यान असुरक्षित भएको महसूस गरिरहेको छु ।

अपरिचित ब्यक्तिहरुबाट फोनमार्फत अफिसको लोकेशन सोध्ने, बिभिन्न समूहबाट मेरो नाम नै लिएर प्रत्यक्ष, अप्रत्यक्ष तवरले धम्की दिइएको अवस्था छ ।राज्य, प्रहरी, प्रेस काउन्सिल,पत्रकार महासंघ ,फोनिज, कियाचु लगायत सबै सरोकारवाला निकायको ध्यानाकर्षण गराउन चाहन्छु उनले बतायका छन्न